आशिष अधिकारी / कार्तिक ०३
विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहिवारबाट भरतपुरमा दुई दिने तालीम शुरु भएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम शुक्रबार सम्म चल्ने छ ।

स्थानीय सरकारहरुको क्षमता अभिबृद्वी गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको बिपत ब्यबस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले जानकारी दिनु भयो ।

उद्घघाटन सत्रमा बोल्दै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले प्राकृतिक विपदको जोखिमबाट हुने क्षतीबाट बच्न यस्ता तालिमले महत्त्वपूर्ण भुमिका खेल्नेमा विस्वास व्यक्त गर्नु भयो । साथै उहाँले बिना सूचना आउने बिपदबाट जोगिन उच्च साबधानी अपनाउन सबैमा आग्रह समेत गर्नु भयो ।

प्राकृतिक प्रकोपहरु जस्तैः भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर, हिमपात लगायतबाट हुने हानी नोक्सानी र जोखिम कम गर्न दुई दिने तालिमको आयोजना गरिएको हो ।

तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिने छ ।

कार्यक्रममा बिपद जोखिमहरु बारे बुझाइ, बिपद जोखिम सम्बन्धि नेपाल सरकारका नितिहरु र प्राथमिकताहरु,नेपालमा बिपद जोखिम सुशासन ( सस्थागत र कानुनी प्राबधानहरु ), स्थानीय तहमा बिपद जोखिम ब्यबस्थापन सुशासन र स्थानीय बिपद जोखिम ब्यबस्थापन ऐन, स्थानीय बिपद जोखिम ब्यबस्थापन समितिको काम र कर्तव्यहरु, स्थानीय तहमा बिपद जोखिम ब्यबस्थापन कोष सन्चालन कार्यबिधी र बिपद लेखाजोखा मार्गदर्शनका बिषयहरुमा छुट्टाछुट्टै कार्यपत्रहरु प्रस्तुत गरिएको छ ।

तालिममा भरतपुर महानगरका २९ वटै वडाका अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्य तथा अन्य क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया