चितवन । पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा मैत्रीपुर्ण ब्याटमिण्टन प्रतियोगिता सुरु भएको छ । पञ्चकन्या टोल बिकास संस्थाको आयोजना तथा जयमंगला ब्याटमिण्टन क्लबको सहकार्यमा आज (बिहिबार) बाट “मैत्रीपुर्ण ब्याटमिण्टन प्रतियोगिता–२०७९” सुरु भएको हो ।
शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगर पालिका वडा नं. १३ का वडा अध्यक्ष पोट बहादुर घिमिरे “सुवास” ले स्वस्थ्य जिवनका लागि खेलकुद अपरिहार्य रहेको बताउदै पञ्चकन्या टोल बिकास संस्था तथा जयमंगला ब्याटमिण्टन क्लबले खेलको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
उनले हालका दिनमा युवाहरु लागु औषध दुव्र्यसनिमा धेरै फस्ने गरेको बताउदै बरु युवाहरु यी र यस्तै खेलहरुमा लाग्दा राम्रो हुने धारणा ब्यक्त गरे । वडा अध्यक्ष घिमिरेले रत्ननगर वडा नं. १३ मा खेलकुद बिकास समिति गठन गरि त्यसको लागि आवश्यक बजेटको ब्यवस्था गरि आफुहरु अगाडी बढ्न लागेको जानकारी पनि दिए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै वडा नं. १३ का वडा सदस्य तथा जयमंगला ब्याटमिण्टन क्लबका संरक्षक अजित चौरेलले चाडपर्वमा सबैजना जुट्ने र रमाईलो पनि हुने भएकाले सबैलाई एकजुट बनाउन र एक आपसमा शुभकामना संगै आत्मियता साटासाट गर्नका लागि पनि सो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
उनले खेल र युवा एक अर्काको परिपुरक हुने भएकाले उनिहरुको प्रतिभा प्रस्फुटित गराउन पनि सो प्रतियोगिताले सहयोग पुर्याउने बिश्वास लिएको बताए ।
पञ्चकन्या टोल बिकास संस्थाका सचिव सुदिप शाहले सो प्रतियोगितामा समुह “ए” र समुह “बि” गरि १३ टिमका २६ जना खेलाडीले भाग लिएको जानकारी दिए । उनले कार्तिक ३ गते सुरु भएको खेल कात्र्तिक ८ गते सम्पन्न हुने जानकारी पनि दिए । शाहले प्रथम र द्धितिय हुने दुबै समुहका टिमलाई नगद, मेडल र ट्रफीको ब्यवस्था गरिएको जानकारी दिए ।
बिहिबार भएको पहिलो खेलमा ग्रुप “ए” अन्र्तगत सुर्य बगाले र सिताराम भट्टराईको जोडी को बिरुद्ध सुदिप शाह र यादव बानीयाको जोडी मैदानमा उत्रिएको थियो । जसमा शाह र यादवको जोडीले बगाले र भट्टराईको जोडीलाई २१–१८ र २१–१२ को सोझो सेटमा पराजित गरेको थियो ।
त्यस्तै आजनै भएको दोस्रो खेलमा ग्रुप “बि” अन्र्तगत दिपक बि.क. र नबराज बानियाको जोडी बिरुद्ध शैलेश भट्टराई र पर्मानन्द लामिछानेको जोडी मैदानमा उत्रिएको थियो । जसमा बि.क. र बानियाको जोडीले भट्टराई र लामिछानेको जोडिलाई २१–१९ र २१–१९ को सोझो सेटमा पराजित गरेको थियो ।
यसै गरि आजनै भएको तेस्रो खेलमा ग्रुप “ए” अन्र्तगत कुञ्जन तिमिल्सिना र देविचन्द्र पौडेलको जोडी को बिरुद्ध महेश पाण्डे र रबिन थापाको जोडी मैदानमा उत्रिएको थियो । जसमा पाण्डे र थापाको जोडीले तिमिल्सिना र पौडेलकोे जोडीलाई २१–१५, १९–२१ र २१–१९ को सेटमा पराजित गरेको थियो ।
सो कार्यक्रममा बिशिष्ट अतिथि जयमंगला बजार ब्यवस्थापन समितिका अध्यक्ष तथा ईन्द्रणी टाएल्स एण्ड मार्वल हाउसका सञ्चालक रमेश कट्टेल, अर्जुन होम डेकोरका सञ्चालक अर्जुन बि.क., सोम खाजा घरका सञ्चालक सोम गुरुङ, समाजसेवी सोम बगाले लगाएतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमलाई रत्ननगर नगरपालिका वडा नं १३, ईन्द्रणी टाएल्स एण्ड मार्वल हाउस, सम्पर्क हार्डवेयर प्रा.लि, अर्जुन होम डेकोर, कबिता किचन आईटम, नमुना रेमिट्यान्स, श्री गणेश फाईबर उद्योग, ल्याण्डमार्क क्याफे, पुजा रोहित सुर्ती उद्योग, बाग्लुङकाली पोल्ट्री फार्म, भुवन लामिछाने, बिनोद अधिकारी, गौरीश्वर शर्मा, कुल बहादुर केसी, जिवन पा्ख्रेल, शिवराज भट्टराई लगाएतले सहयोग गरेका छन् । आजको उद्धघाटन कार्यक्रम पञ्चकन्या टोल बिकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ ।