चितवन । पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा आयोजना कात्र्तिक ३ गते देखि कात्र्तिक ८ गते सम्म आयोजना गरिएको मैत्रीपुर्ण ब्याटमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । पञ्चकन्या टोल बिकास संस्थाको आयोजना तथा जयमंगला ब्याटमिण्टन क्लबको सहकार्यमा आयोजना गरिएको “मैत्रीपुर्ण ब्याटमिण्टन प्रतियोगिता–२०७९” मंगलबार सम्पन्न भएको हो ।
शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा आयोजित सो प्रतियोगितामा समुह “ए” अन्र्तगतको फाइनल महेश पाण्डे र रबिन थापाले जोडीले जितेको छ भने समुह “बि” अन्र्तगतको फाइनल खेल दिपक बि.क. र नबराज बानियाको जोडीले जितेको छ ।
समुह “ए” अन्र्तगतको फाइनल खेलमा महेश पाण्डे र रबिन थापाको जोडी को बिरुद्ध अजित चौरेल र शुरेस जङ्ग पाण्डेको जोडी मैदानमा उत्रिएको थियो । जसमा पाण्डे र थापाको जोडीले चौरेल र पाण्डेको जोडीलाई २३–२१ र २२–२० को सोझो सेटमा पराजित गरेको थियो ।
त्यस्तै समुह “बि” को फाइनल खेलमा दिपक बि.क. र नबराज बानियाको जोडी बिरुद्ध सोम गुरुङ्ग र अर्जुन बि.क.को जोडी मैदानमा उत्रिएको थियो । जसमा बि.क. र बानियाको जोडीले गुरुङ्ग र अर्जुन बि.क.को जोडिलाई २१–१३ र २१–१३ को सोझो सेटमा पराजित गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी बिमल अधिकारीले प्रथम र द्धितिय हुने खेलाडीलाई नगद र मेडल प्रदान गरेका थिए ।
कार्यक्रममा सभा अध्यक्ष रत्ननगर वडा नं. १३ का वडा सदस्य तथा जयमंगला ब्याटमिण्टन क्लबका संरक्षक अजित चौरेलले चाडपर्वमा सबैजना जुट्ने र रमाईलो पनि हुने भएकाले सबैलाई एकजुट बनाउन र एक आपसमा शुभकामना संगै आत्मियता साटासाट गर्नका लागि पनि सो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
उनले खेल र युवा एक अर्काको परिपुरक हुने भएकाले उनिहरुको प्रतिभा प्रस्फुटित गराउन पनि सो प्रतियोगिताले सहयोग पुर्याउने बिश्वास लिएको बताए ।
पञ्चकन्या टोल बिकास संस्थाका सचिव सुदिप शाहले सो प्रतियोगितामा समुह “ए” र समुह “बि” गरि १३ टिमका २६ जना खेलाडीले भाग लिएको जानकारी दिए । सो कार्यक्रमलाई रत्ननगर नगरपालिका वडा नं १३, ईन्द्रणी टाएल्स एण्ड मार्वल हाउस, सम्पर्क हार्डवेयर प्रा.लि, अर्जुन होम डेकोर, कबिता किचन आईटम, नमुना रेमिट्यान्स, श्री गणेश फाईबर उद्योग, ल्याण्डमार्क क्याफे, पुजा रोहित सुर्ती उद्योग, बाग्लुङकाली पोल्ट्री फार्म, भुवन लामिछाने, सोम खाजा घर, बिनोद अधिकारी, गौरीश्वर शर्मा, कुल बहादुर केसी, जिवन पोख्रेल, शिवराज भट्टराई लगाएतले सहयोग गरेको शाहको भनाई छ ।