अजित अधिकारी
चितवन । नेपाली काँग्रेस बीपीका चितवन जिल्ला सभापति टेकप्रसाद बसेलले चुनाव जिताउने र हराउने चावी हाम्रो हातमा रहेको बताएका छन् ।

नेपालीको आवाज डटकमसंग संक्षिप्त कुराकानी गर्दै नेता बसेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा लिएर नेपाली काँग्रेस बिपी बिचार र सिद्धान्तमा अडिग रहेको प्रतिक्रियादिदै यस्तो बताएका हुन् ।

चितवन क्षेत्र नं. ३ मा नेपाली काँग्रेस बीपीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी नदिएको भएपनि समानुपातिकतर्फ उम्मेदवारी दिएको हुँदा अहिले मेघौली, शुक्रनगर, गितानगर, पटिहानी, जगतपुर लगाएत माडीका विभिन्न क्षेत्रहरुमा संगठन बिस्तारमा राम्रो उपलब्धिमुलक नतिजा आएको उनको भनाइ छ ।

हालै भएको स्थानीय तह निर्वाचनमा दर्ता भएको नेपाली काँग्रेस बीपीले सुरुवाती चरणमा १ हजार ८ सय ७३ जना पार्टी सदस्यता बनाएर अगाडि बढेकोमा अहिले हजारौंको संख्यामा पार्टी सदस्यता लिनेको संख्यामा वृद्धि भएको बताए ।
नेपालका ५१ जिल्लामा अहिले नेपाली काँग्रेस बीपीको उम्मेदवार रहेको बताए । सबै जिल्लामा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकमा पार्टीले उम्मेदवारी उठाएको उनको भनाइ छ ।

उनका अनुसार, संघियता खारेज गर्ने पार्टीको निति रहेतापनि नेपालको संविधान र कानुनबमोजिम प्रदेशसभामा उम्मेदवारी परेको बताए ।

चितवन क्षेत्र नं. ३ मा हुने चुनावी महासंग्राममा होमिएका राप्रपाका नेता बिक्रम पाण्डे, बामलोकतान्त्रिक गठबन्धनका डा. भोजराज अधिकारी, काँग्रेसका बिद्रोही एवं एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार दिनेश कोइराला, अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल सबै सक्षम नेताको रूपमा स्मरणगर्दै नेता बसेलले कडा प्रतिस्पर्धा हुने जिकिर गरे ।

हालैभएको स्थानीय तह निर्वाचनमा भुइँकटहर चुनाव चिन्ह लिएर उठेका जगन्नाथ पौडेललाई समर्थन गरिएको थियो । तर अहिले नेपाली काँग्रेसमा पनि स्वतन्त्र बागी भएर उठेको हुँदा जसले बिपी र प्रजातन्त्रको बिचार र सिद्धान्त लिएर अगाडि बढ्छ त्यसलाई समर्थन गर्ने पार्टीको निर्णय भएको तर अहिले नै कसलाई समर्थन गर्ने भन्ने पार्टीभित्र निर्णय नभएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया