चितवन : गठबन्धनका उम्मेदवार डा. विश्वनाथ पौडेललाई समर्थनलाई उम्मेदवारले नै समर्थन गर्ने क्रम बढेको छ । पौडेललाई समर्थन गर्दै ओम कृष्ण थपलियाले उम्मेदवारी निष्कृय पारेको घोषणा गरेका एक दिनपछि फेरि अर्का उम्मेदवार उत्सव धमलाले डा. पौडेललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

‘कलधारा’ चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार उत्सव धमलाले डा.पौडेललाई समर्थन गर्ने घोषणा गरेका हुन् । एक विज्ञप्ती जारी गर्दै धमलाले जिल्लाको विकास र समृद्धिका लागि डा. विश्वनाथ पौडेलको जित अपरिहार्य रहेकाले उहाँलाई समर्थन गरिएको जनाएका छन् । लोकतान्त्रिक आन्दोलन, संविधानको कार्यान्वयन र रक्षाका खातिर जनमतको कदर गर्र्दैै गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको उनले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया