महेश पाण्डे
चितवन । गत स्थानिय निर्वाचनमा रत्ननगर नगरपालिकामा एमालेबाट उप–मेयर पदमा बागी उठेकी बिरञ्जना सापकोटा घिमिरे पुन नेकपा एमालेमानै फर्किएकी छिन् । स्थानिय तहमा नेकपा एमालेले उप–मेयर पदमा टिकट नदिएपछि स्वतन्त्र बनेर पुतली चुनाव चिन्हबाट उप–मेयर पदमा लडेकी घिमिरे पुनः एमालेमै फर्किएकी हुन् ।
नेकपा एमाले रत्ननगर–१३ का वडा कमिटी अध्यक्ष अजित चौरेलले नेपालीको आवाज डटकमलाई दिएको जानकारी अनुसार घिमिरे आज (शुक्रबार) पुन नेकपा एमालेमा पार्टी प्रवेश गरेकी हुन् । घिमिरेलाई नेकपा एमालेका रत्ननगर नगर अध्यक्ष ईश्वरी अर्यालले एमालेमा स्वागत गरेको चौरेलले जानकारी दिए ।
चौरेलले भने “नेकपा एमाले सबैको साझा पार्टी भएकाले बिरञ्जना घिमिरे केही समय हामी माझबाट टाँढा जानुभएको भएपनि अन्ततः पुरानै घरमानै फर्कनु भएकोमा खुसी लागेको छ ।” चौरेलले घिमिरेसँगै पुतली समूह भनेर चिनिएका सबै नेकपा एमालेमा आएको बताउदै सबैलाई धन्यवाद दिए ।