अजित अधिकारी
चितवन । नेकपा एमालेको समर्थन पाएका चितवन-३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले निर्वाचित भएर संसदमा गएपछि अनशन बसेरै भएपनि निकुञ्ज ऐन संसोधन गराएरै छाड्ने बताएका छन् ।

नेकपा एमाले माडी नगर कमिटीले माडीको बसन्तपुरमा आयोजना गरेको चुनावी कोणसभामा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

साथै उनले, परिबर्तनका लागि भन्दै लाखौं जनता मारेर संसद छिरेकाहरुले माडीलाई आकाशे पुल र सुरुङ्गमार्गको सपना देखाएर अहिलेसम्म निकुञ्ज ऐन संसोधन गर्न नसकेको जिकिर गर्दै अब त्यो काम निर्वाचित भएर गएपछि आँफु र सरस्वती बिष्टले गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

यसैगरी नेता कोइरालाले चितवन ३ बाट चुनाव हार्ने स्थिति देखेर प्रचण्ड गोरखा भागेको समेत आरोप लगाए ।

तपाईको प्रतिक्रिया