चितवन । देशभर निर्वाचन नजिकिदै गर्दा उम्मेद्वार, घरदैलो, कोणसभा आमशभामा व्यस्त छन । विभिन्न दलका उम्मेद्वार आफ्ना एजेण्डा र आश्वासन बांँडेर मतदाता आकर्षित गर्दैछन ।

यसैक्रममा चितवनका उम्मेदवार पनि मतदाता रिझाउन व्यस्त छन । चितवनको तीनवटा क्षेत्र मध्ये दुईनम्बर क्षेत्रको माओल पनि तातिैदै गएको छ । यस क्षेत्रको निर्वाचन अन्य क्षेत्रको भन्दा रोचक र घोचक देखिएको छ । यहांँ लोकतान्त्रिक वाम गठबन्धनका साझा उमेद्वार राज्य मन्त्री उमेश श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवी लामिछाने चुनावी मैदानमा छन । चुनावी घरदैलो अन्तर्गत आईतबार गठबन्धनका साझा उम्मेद्वार उमेश श्रेष्ठले घरदैलो अभियान तीब्र पारेका छन । उनले आईतबार ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४, ५ र ६ नम्बर विकट क्षेत्रमा घरदैलो गरेका हुन् । घरदैलो कार्यक्रममा मतदाताले उनलाई भव्य स्वागत गरेका थिए ।

सो क्रममा त्यहांँका जनताले उमेश श्रेष्ठनै आशा र भरोसा रहेको बताए । उनीहरुले यसअघिका नेताको विश्वास गुमेको भन्दै श्रेष्ठलाई नै मत दिने बचनबद्धता व्यक्त गरे ।
ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ विराज गुरुङ्ले यहांँको विकासको लागि उमेश श्रेष्ठको विकल्प नरहेको बताए । यसअघि कुनैपनि नेताले यहांँको विकास केही नगरेकोले उमेश श्रेष्ठलाईनै जिताउनु आवश्यक रहेको उनले बताए ।

वडा नम्बर ४ का अर्का मतदाता सावित्री गुरुङ्ले उमेश श्रेष्ठ साच्चैनै विकासवादी नेता भएको बुझेको बताए । ‘यहांँ धेरै नेता आए । आश्वासन पनि दिए । विकासको लागि सिन्को भांँचेनन ।’ उनले भनिन ।

उमेश श्रेष्ठको पहुंँच मन्त्रालय र नीतिगत तहसम्म भएकोले पनि उमेश श्रेष्ठलाई जिताउने उनले बचनबद्धता व्यक्त गरिन । ‘अरु पार्टीको विश्वास गुम्यो । अब हाम्रो भोट तपाईलाई ।’ उनले भनिन ।

अर्का ईच्छाकामना वडा नम्बर ४ का मतदाता वासुदेव सिलवाल अन्य पार्टीभन्दा बढी उमेश श्रेष्ठलाई जनताले विश्वास गरेको बताए । ’उहांँले यसअघि पनि काम गरेर देखाईसक्नु भएको छ । अब पनि चितवनको विकास उहांँलेनै गर्ने हो । अन्य पार्टीप्रति यहांँका जनताले विश्वास गरेका छैनन । रवी लामिछाने वडा अध्यक्षमा लड्छन भनेमात्र हामीले मत दिने हो ।’ सिलवालले भने ।

नेपाली कांँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य रचन कार्की उमेश श्रेष्ठको पक्षमा आशा गरेभन्दा बढीनै जनलहर बढेको बताए । आफूले एकमहिनाभन्दा बढी चुनावी प्रचारप्रसार अभियानमा हिंड्दा उहांँलाई अन्य उमेद्वार भन्दा बढी विश्वास गरेको उनले बताए । ‘उहांँको पक्षमा दिनदिनै जनलहर बढेको पाएको छु । उहांंँले युवा ,बृद्धबद्धाको सबैले साथ पाउनु भएको छ ।’उनले भने । एमाले समर्थक मतदाताले यसपटक उमेश श्रेष्ठलाई मत दिने बताएको कार्कीको भनाई छ ।

घरदैलो गर्ने क्रममा उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ सुगम र दुर्गम दुबैको समिश्रण भएको समानुपातिक र सन्तुलित विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । आफूलाई जिताएको खण्डमा इच्छाकामनाको जनताको विजुली, सडक सबै पूर्वाधारको काम आफ्नो पहिलो प्राथमिकता हुने श्रेष्ठले बताए । ‘क्षेत्र नम्बर २ मा शहर पनि छ, विकट गाउंँपनि छन । म योजना बनाएरनै यहांँको समस्या समाधान गर्नेछु ।’ श्रेष्ठले भने । आफूले मतदाताको मत सही सदुपयोग गर्ने र खेर जान नदिने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया