अजित अधिकारी
चितवन । माडीको प्रस्तावित अयोध्यामा मूर्तिस्थापना गरिएदेखि हरेक बर्ष विवाह पञ्चमीमा झाँकी सहित भजन किर्तन र विवाह उत्सव मनाउन थालिएको छ ।

सोमबार (आज) श्रीरामचन्द्र र सीताको पूजा आराधना तथा भजन कीर्तन र विवाह समारोह हुने भएको हो ।

पूजा ब्यबस्थापन समितिको आयोजनामा हुन लागेको श्रीराम र सीताको विवाह एवं धार्मिक तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्न राप्रपाका केन्द्रिय उपाध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का माननीय सांसद बिक्रम पाण्डे सहित अन्य नेताहरू आउने समितिले जनाएको छ ।

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा सो दिन राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाउने प्रचलन रहिआएको छ ।

तपाईको प्रतिक्रिया