रत्ननगर । रत्ननगरको टिकौलीचौरमा जारी प्रथम रत्नप्रिय कप खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा खैरहनी फुटवल क्लब विजयी भएको छ । हाइलाइट युवा क्लव रत्ननगर ९ लाई दुईका विरुद्ध चार गोग अन्तरले पराजित गर्दै खैरहनी फुटवल क्लब विजयी भएको हो । निर्धारित ९० मिलेटको खेललमा दुबै टिम बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

पेनाल्टीमा खैरहनी फुटवल क्वलले दुई र हाइलाइट मात्र गरेका थिए । निर्धारित समयमा दुबै टिमले एक एक गोल गरेका थिए । हाइलाइटका लागि पहिलो गोल सरोज चौधरीले गरेका थिए । खैरहनी फुटवल क्लवका सन्देश श्रेष्ठले एक गोल गरी खेल बरामरीमा रोक्न सफल भएका थिए । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका खैरहनी फुटवल क्लवका गोल्किपर विक्रम लामा गोले उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उनलाई ५ हजार पुरस्कार सहित मेडल प्रदान गरिएको छ । टिकौली सामुदायिक वनका अध्यक्ष इश्वरी लामिछानेले पुरस्कार रकम हस्तान्तरण गरेका थिए । रत्ननगर ९ मा रहेको रत्नप्रिय क्लवले आयोजना गरेको प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको अध्यक्ष बसन्त रानामगरले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १११ र दोस्रो हुने टिमले ५० हजार ५५५ रुपैया राशी पुरस्कार पाउने छन् । विहीवार आयोजक क्लव ए र झुवानी युवा क्लव बीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया