चितवन । चितवनको पहिलो +२ कलेजको रुपमा स्थापित गुरुकुल कलेज आफ्नो स्थापनाको २५ औंं वर्षमा प्रवेष गरेको छ । सो अवसरमा कलेजले रजत महोत्सव विविध कार्यक्रमहरु गरेर मनाईरहेको छ । जस अन्तर्गत विद्यालयले विविध आन्तरिक खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु पनि गरि रहेको छ ।
रजत महोत्सबको अवसर पारेर कलेजको मूख्य आकर्षणको रुपमा फुट्सल, भलिवल, चेस, गुरुकुल म्याराथुन, फुड फेस्टिवल, गुरुकुल मास्टर सेफ लगायत कार्यक्रमहरु मङ्सिर ११ गतेवाट १६ गतेसम्म आयोजना गरि रहेको छ ।

कलेज प्रशासनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्सिर १२ गते टोल सरसफाई, मङ्सिर १३ गते अनाथ आश्रममा स्टेसनरी वितरण कार्यक्रम सम्पन्न भइसेको छ भने मंसिर १५ गते अन्र्तर टोल बिकास स्तरिय हाजिरी जवाफ प्रतियोगिता र मङ्सिर १६ गते रक्तदान सँगै अन्तरविद्यालय जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको छ ।

रजत महोत्सवको अवसर पारेर कलेजले अन्तर विद्यालय विज्ञान प्रदर्शनी, रोबोटिक तथा इन्फोटेक वोर्कसप, सेल्फ डिफेन्स, ट्राफिक सचेतना र बिजनेस आईडिया वर्कसप लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । चितवनको पहिलो +२ को रुपमा स्थापित चिस्कल कलेज (२०५२) र सिद्धार्थ शिक्षा सदन (२०५३) एक आपसमा गाभिएर २०६८ सालमा गुरुकुल कलेज बनेको हो ।

कलेजले मङ्सिर १२ गते विहान १० बजे देखि अपराहन्न १ बजे सम्म “हाम्रो टोल सरसफाइ हाम्रै दायित्व; सक्छौं सफा गरौँ नसके फोहर नगरौँ “ भन्ने नारासहित, बिद्यालय रहेको भरतपुर ९ का हितैसी र मिलन टोल सरसफाइ कार्यक्रम, दुवै टोल विकास संस्थाहरुको सहकार्यमा कायक्रम सम्पन्न गरि सकेको छ । सो अवसरमा टोल विकास संस्थाका अध्यक्षहरुले टोलले गर्नुपर्ने सरसफाइमा विद्यार्थीको सहभागीता निकै उत्कृष्ट कार्य भएको बताउदै कलेज परिवारलाई धन्यवाद ब्यक्त गरेका थिए ।

कलेजले आयोजना गरेको विभिन्न खेलकुद तथा अतिरिक्त कार्यक्रमहरु अन्र्तगत मङ्सिर १३ गते विहान ७ः०० बजे ५ कि मि को आईडिएल रेस प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिता भरतपुर–८ गौरिगंज बाट सुरु भएर कलेज (+२ ब्लक) मा आएर सम्पन्न भएको थियो ।

जसमा छात्रतर्फः पुकार राना प्रथम, इश्वर चापागाईं द्वित्तीय र रेगन कोइराला तृतीय भएका थिए भने छात्रातर्फबाट बिनिता नेपाली प्रथम, निम्सोङ्ग तामांग द्वित्तीय र सरिश्मा बि.क. तृतीय भएका थिए । बिजेता बिद्यार्थीहरुलाई कार्यक्रमको समापनको दिन पुरस्कार प्रदान गरिने कलेजका +२ बिज्ञान संकाय प्रमुख हरिहर भुषालले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया