चितवन । चितवनको पहिलो +२ कलेजको रुपमा स्थापित गुरुकुल कलेजले आफ्नो स्थापनाको २५ औंं वर्षमा प्रवेष गरेसँगै आफ्नो रजत महोत्सब विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।

रजत महोत्सबको अवसर पारेर कलेजले फुट्सल, भलिवल, चेस, गुरुकुल म्याराथुन, फुड फेस्टिवल, गुरुकुल मास्टर सेफ लगायत कार्यक्रमहरु सम्पन्न गरेको हो ।
कलेज प्रशासनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्सिर १२ गते टोल सरसफाई, मङ्सिर १३ गते अनाथ आश्रममा स्टेसनरी वितरण कार्यक्रम सम्पन्न भइसेको छ भने मंसिर १५ गते अन्र्तर टोल बिकास स्तरिय हाजिरी जवाफ प्रतियोगिता र मङ्सिर १६ गते रक्तदान सँगै अन्तरविद्यालय जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, अन्तर विद्यालय विज्ञान प्रदर्शनी, रोबोटिक तथा इन्फोटेक वोर्कसप, सेल्फ डिफेन्स, ट्राफिक सचेतना र बिजनेस आईडिया वर्कसप लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो । चितवनको पहिलो +२ को रुपमा स्थापित चिस्कल कलेज (२०५२) र सिद्धार्थ शिक्षा सदन (२०५३) एक आपसमा गाभिएर २०६८ सालमा गुरुकुल कलेज बनेको हो ।

कलेजको शनिबार सम्पन्न समापन समारोहमा ५ वर्ष वा सो भन्दा धेरै समय कलेजमा सेवा गर्ने पूर्व शिक्षक तथा कर्मचारीहरुालाई सम्मान, निवर्तमान तथा पूर्व कार्यकारीहरुहरुलाई सम्मान, बोर्ड परीक्षा तथा वार्षिक परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरु सम्मान गरिनुका साथै गुरुकुल संदेश; रजत महोत्सव विशेशाङ्क पनि प्रकाशन गरिएको थियो ।

कलेज ब्यवस्थापन समितिका अध्यक्ष केशवीर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, प्रमुख अतिथि कृषि तथा वन विज्ञान विश्वविद्यालय निवर्तमान उपकुलपति आई पी ढकाल रहेका थिए ।

सो कार्यक्रममा बीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, बरिष्ठ साहित्यकार धनराज गिरी, हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकाल, प्याब्सन चितवनका अध्यक्ष कृति अर्याल, राष्ट्रिय कलाकार मिलन लामा लगाएतको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा उपस्थित बिद्यार्थीहरुले स्काउट, तेक्वान्दो कला प्रदर्शनी, फूड फेस्टिवल, चित्रकला, नृत्य, गायन लगाएतका प्रस्ततीहरु प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया