
महेश पाण्डे,
चितवन । बुधवार रत्ननगर वडा नं. ३ ले वडा मा रहेका किसानलाई पाडी बितरण कार्यक्रम सम्पन्न गरेको छ । वडामा रहेका किसानलाई आर्थीक बृद्धीमा सहयोग होस भनेर वडाले पाडी बितरण कार्यक्रम गरेको वडा अध्यक्ष सोहेन्द्र राज खरेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
उनले वडाले अहिले यस अघि २३ वटा र अहिले १८ वटा गरेर अहिले सम्म ४१ वटा पाडी बितरण गरिसकेको जानकारी दिए । खरेलले सो कार्यक्रम पहिलेकै जन प्रतिनिधिको कार्यक्रमको निरन्तरता पनि भएको जिकिर गरे । उनले यस अघिको वडा कार्य समितिले गरेको सिफारिसको आधारमानै पाडी बितरण गरिएको जानकारी दिए ।
खरेलले १४ हजारका दरले पाडी खरिद गरि बितरण गरिएको बताउदै नगरमा रहेका किसानको जिबिको पार्जनमा सहयोग होस भनेर यस वर्ष पनि बजेट बिनियोजन गरिएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबिराज सुवेदीले वडाले अघिल्लो आर्थीक वर्षमा किसानलाई आर्थीक बृद्धीमा सहयोग पुराउनको लागि पशु बिकासका बिभिन्न कार्यक्रम गरे मध्य किसानकै मागलाई मध्य नजर गर्दै पाडी बितरण कार्यक्रम गरिएको बताए ।
यस अघिनै सो कार्यक्रमको लागि बजेट बिनियोजन भएको भएपनि बिविध कारणले कार्यक्रम गर्न नसकिएकोमा अहिले भने पाडी बितरण गर्न वडा सफल भएकोमा खुसी ब्यक्त गरे । उनले किसानले पाएको पाडीलाई राम्रोसँग हुर्काएर त्यसबाट धेरै पाडी जन्माएर देखाउन पनि अनुरोध गरे । उनले किसानको मागमा आधारित कार्यक्रमहरु वडाले ल्याएमा नगरपालिकाले त्यसमा बजेट बिनियोजन गर्नेमा निश्चिन्त हुन अनुरोेध समेत गरे ।
कार्यक्रममा स्वास्थ्य स्वयमंसेबिकाद्धय माया बिष्ट र शान्ति चौधरीलाई सामाजिक परिचालिकाको रुपमा पनि कार्य गराउने भन्दै एक एक वटा साईकल र झोला पनि बितरण गरिएको थियो । साथै सोही कार्यक्रममा अभिभावक बिहिन पुजन खनाललाई वडाले होटल म्यानेजमेन्ट पढ्न भर्ना गरिएको जानकारी दिदै साईकल तथा स्टेशनरी सामान पनि प्रदान गरेको थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका पशु बिकास शाखा प्रमुख शालिकराम पौडेल, वडा सदस्यहरुः शिव खनाल, ईश्वर प्रसाद जर्मकट्टेल, बैशाख्नी थरुनी, देवी सुनार, पाडी खरिद समितिका संयोजक रिसव राज थपलिया लगाएतको उपस्थिति रहेको थियो ।