चितवन । जयमंगला बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा मोहन प्रसाद भट्टराई चयन भएका छन् । रत्ननगर–१३ मा रहेको जयमंगला बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा तथा अधिवेशनबाट ११ जना सदस्य तथा ६ जना पदेन गरि १७ सदस्यिय कार्यसमिति गठन गरिएको हो ।
चयन भएका सदस्यहरुमा क्रमशः रघुनाथ भट्ट, रामलाल श्रेष्ठ, कृष्ण तिवारी, बिष्णु हरी पन्त, राम शरण नेपाल, मोहन प्रसाद भट्टराई, रामहरी अधिकारी, रामबावु लामिछाने, कृष्ण प्रसाद घिमिरे, चन्द्र प्रसाद शर्मा, यमुना कँडेल लगाएतका रहेका छन् ।
बिधान तः सदस्यमा छानिएका मध्यबाट सर्वसम्मत रुपमा भट्टराई अध्यक्ष पदमा चयन भएका हुन् । सो कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटा, बिशिष्ट अतिथि नगर उप–प्रमुख यादव प्रसाद पाठक, अतिथिमा क्रमशः रत्ननगर–१३ का वडा अध्यक्ष पोट बहादुर घिमिरे, रत्ननगर–१२ का वडा अध्यक्ष शुन्दरमणी सुवेदी, रत्ननगर वडा नं. १० का वडा अध्यक्ष कलाधर पौडेल लगाएतका रहेका थिए ।
क्याम्पसका प्राध्यापक ठाकुर लामिछानेले सञ्चालन गरेको सो कार्यक्रममा क्याम्पस प्रमुख अर्जुन पौडेलले क्याम्पसको प्रगती प्रतिवनेद प्रस्तुत गरेका थिए ।