धुर्वराज लामिछाने
चितवन । रोटरी क्लब अफ रत्ननगरले कालिका-९ मा रहेकाे राष्ट्रिय आधारभुत विद्यालय लटाैलीलाई जग्गा हस्तान्तरण गरेकाे छ ।

शनिबार क्लबले एक कार्यक्रमका बिच स्कुललाई करिब ७ लाख ५० हजार बराबर् को ३ कट्ठा जग्गा हस्तान्तरण गरेकाे हाे ।

कालिका वार्ड न ९ का वडा अध्यक्ष निलकन्ठ मगरकाे प्रमुख आतिथ्यता रहेकाे साे कार्यक्रममा जोन ३२ का असिस्टेन्ट गभर्नर असेस भन्डारी, बिद्यालयका प्रअ बुद्धिराज गिरी, क्लबका निवर्तमान अध्यक्ष निराजन खनाल, एक्सपर्ट एजुकेसनका सञ्चालक डिल्लीराम अधिकारी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

क्लबका अध्यक्ष रामहरी लम्सालले स्कुललाई भवन निर्माण गर्न जग्गा अभाव देखिएकाले राेटरियनकाे पहलमा करिब ७ लाख ५० हजार बराबर् को ३ कट्ठा जग्गा हस्तान्तरण गरिएकाे बताए ।

क्लबका सचिव लक्ष्मीलाल श्रेष्ठले ९१ जना विद्यार्थीहरुलाई स्टेशनरी सामानसँगै दैनिक उपभाेग्य सामान खाद्यान्न, चप्पल, जुत्ता, कपडा, बि-म्याट्रेस लगाएतकाे सामान पनि बितरण गरिएकाे नेपालीकाे आवाज डटुकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया