अजित अधिकारी
चितवन । (राम जन्मभूमि अयोध्यापुरीको अनुसन्धानमा आधारित) सरलीकृत नेपाली रामायणका लेखक यज्ञराज ज्ञवालीले माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा अयोध्याधामले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

राम जन्मभूमि अयोध्याधाम ब्यबस्थापन समितिले आज (शुक्रबार) प्रस्तावित अयोध्याधाम क्षेत्रमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुँदै लेखक ज्ञवालीले यस्तो बताएका हुन् ।

तत्कालीन समयमा भानु जयन्तीका अबसर पारेर नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि चितवन माडीको अयोध्यापुरीमा पर्दछ । भनेपछि आँफुले यसबारेमा अध्यन गरेर पुस्तक निकालेको बताए ।

उनका अनुसार, रामायणमा वर्णित त्रेता युगका आदर्श चरित्रोतम राम हाम्रो पवित्र भूमि माडीमा जन्मेका हुन् । इतिहासको अध्ययन र खोजमा हाम्रो ध्यान नपुग्दा रामको जन्मभूमि नेपाल नभएर अन्यत्रै हो भन्ने भ्रमका कारण त्यसलाई चिर्न आँफुद्वारा लेखिएको पुस्तकले महत्त्वपूर्ण भुमिका खेल्ने जिकिर गरे ।
उनका थुप्रै फुटकर लेख रचना एवं देव दर्शन, हाम्रो धार्मिक आस्था, प्रतिविम्ब र सरलीकृत नेपाली रामायण लगाएतका कृतिहरु प्रकाशित भएका छन् ।

तपाईको प्रतिक्रिया