अजित अधिकारी
चितवन । माडीमा कयौं त्यस्ता साना तथा ठुला प्रकारका आगलागी हुँदा माडी नगरपालिकाको दमकल समयमा नै घटनास्थलमा नपुगेको स्थानीयबासीले आरोप लगाएका छन् ।
जनतालाई समस्या पर्दा हात बाँधेर बस्ने परिबृतीले नगरपालिकामा कार्यरत कर्मचारी जनताको सेवामा कत्तिको जिम्मेवारी छन् भन्ने कुराको आँकलन सहजै गर्न सकिन्छ । तर यसरी जिम्मेवारी पद र निकायमा रहेर जनताको समस्याप्रति बेखबर बन्नु भनेको कायरता नै हो ।
स्थानीय निकायले समयमा नै आगलागी जस्ता अन्य प्राकृतिक बिपत्ति जस्ता प्रकोपबाट जोगाउन सामाजिक सचेतनाका अबधारणाहरु नल्याउनु र ल्याएपनि प्रभावित क्षेत्रमा नभई बन्द कोठामा मात्र संचालन गर्ने र राजनीतिको आधारमा मात्र कार्यक्रममा समाबेश गराउने परिबृती नै आजको प्रमुख समस्या हो ।
उता (सोमबार) साँझ माडी ९ स्थित टम्टामा परालको टौवामा आगलागी सुरु भएको सुचना पाएलगत्तै यथासक्य चाँडो घटनास्थलमा दमकल नपुगेपछि स्थानीयबासीहरु आक्रोशित हुँदै आगलागी भएको स्थलमा माडी नगरपालिकाको दमकल समयमा नै पुगिहाल्ने व्यवस्थित संयन्त्र बनाउन स्थानीयले माग गरेका हुन् ।