अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ दिवानगरस्थित रेवा, परुई र टुनामुना नदीको संगमस्थल, रेवा त्रिवेणी धाममा मकर स्नान सहितको एकदिने माघी मेला संचालन हुने भएको छ ।

प्रत्येक बर्ष रेवा त्रिवेणी धामको आयोजनामा हुँदै आएको माघी मेला यस बर्षपनि विविध साँस्कृतिक कार्यक्रम सहित संचालन गर्न लागिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष एवं माडी ७ का वडा सदस्य ढाकामोहन तिमिल्सिनाले नेपालीको आवाज डटकमसंग बताए ।

उनका अनुसार, माघ १ गते (आइतबार) बिहान १० बजेदेखि सुरु हुने एकदिने चौथो मकर संक्रान्ति मेलामा रुद्री पाठ, प्रवचन सहित भजन किर्तन समेत गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया