अजित अधिकारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा धुलोरहित सडक निर्माण नभएसम्म पानीको फोहोरा दिनुपर्ने विषयमा कुनैपनि राजनैतिक दलका नेताहरुको ध्यानाकर्षण नभएको प्रति जनताले दुखेसो पोखेका छन् ।

निकुञ्जको सडक हुँदै दिनमा ७०० भन्दा बढी साना तथा ठुला सवारीसाधनहरु चल्ने गर्दछन् । कच्ची सडक र अत्याधिक सवारीसाधनको चापको कारण केही दृश्य समेत नदेखिने गरि निकुञ्जभित्र उड्ने धुलोले यात्रा गर्ने यात्रुहरूलाई जंगली जनावरको भयसंगै सडक दुर्घटना बढ्न सक्ने समेत सम्भावना रहेको छ ।

तरपनि यस विषयप्रति स्थानीय निकायले कुनै चासो नदेखाएको स्थानीयबासीको आरोप छ । केहीदिन अगाडि नगरपालिका सहितको सर्बदलीय बैठकले संघीय सरकार समक्ष निकुञ्जभित्र सडक निर्माणको लागि माग गर्ने निर्णय गरेको भएतापनि तर धुलोरहित सडक निर्माण नहुँदासम्म पानीको फोहोरा दिने विषयमा सम्बन्धित निकायले छलफल र पहल नगरेकोमा स्थानीयबासीको दुखेसो छ ।

तपाईको प्रतिक्रिया