रबि लामिछानेको केसमा खुसी हुनु पर्ने र दुःख हुनु पर्ने कुरा केही देख्दिन म । एउटा सानो निवेदनको महत्व कति हुन्छ त्याे कुरा भने प्रस्टै भएको छ । शुक्रबार संवैधाधिक इजलासबाट आएको फैसलाबाट । उनी गृह मन्त्री थिए तर उनले अनुसन्धानमा हस्तक्षप कहिलै गरेनन् । त्यो उनको राम्रो पक्ष थियो । न्यायाधीशले गरेको निर्णय कानुनमा टेकेर गर्ने हो त्यहि अनुसार भएको छ । उनले त्यसलाई सहर्ष स्विकारेका छन् । त्यसमा बिरोध गर्नुपर्ने कुरा केही पनि देख्दिन म ।

हामी विभिन्न पार्टीमा लागेका पार्टीका सदस्यहरुले आ–आफ्नो ढंगबाट तर्क राख्नु स्वभाविक नै हो । रास्वपा सपोर्टरले रबिको पक्ष लिनु र अन्य दलकाले रबिको बिरोध गर्नु । नेपालको नागरिकता सम्पन्धि कानुनमा पुन नागरिता प्राप्त गर्नको लागि गर्नुपर्ने कानुनी प्रक्रिया लेखिएको छ । जुन प्रक्रियामा नै नगएका कारणले लामिछाने अनागरिक बनेका छन् । नियम अनुसार “कुनै नेपाली नागरिकले बिदेशी मुलुको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र बिदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मिति देखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।”

अब यसबाट के प्रमाणित हुन्छ भने एकवटा निवेदन दिएको दिनबाटनै उनको नेपाली नागरिकता सुरु हुनेछ । यो त्यति ठुलो प्रकृया पनि होइन । हामी हरदिन अमेरिका जान पाए हुन्थ्यो र त्यहिको नागरिक भएर विश्व भ्रमण गर्न पाए हुन्थ्यो भनेर सोच्छौ । तर उनले त बिश्वकै शक्तिशाली नागरिकता त्यागेर म नेपाली भएर बाच्छु भन्दा उसलाई लछारपछार पार्न खोजि रहेका छौ । कहाँ कानुनको छिद्रता छ त्यही खोजी रहेका छौ । ल मानौ त्यो पनि ठिकै भयो दोहोरो नागरिता लिदा के हुन्छ त्यसको नजिर बस्यो ।
अब के होला ? भन्ने प्रश्न धेरैको होला । म त देख्छु । उनले १–२ दिनमा नागरिकताका लागि जिल्ला प्रशासन कार्यलयमा निवेदन दिनेछन् । त्यस दिन देखि उनको त्यही पुरानो नागरिकता सक्रिय भएको मानिनेछ । त्यहि नागरिकताको भरमा उनी पुनः ६ महिनाको लागि गृह मन्त्री हुन सक्छन् तर उनि पद र सत्ताको लोभि हुन भन्ने मलाई लाग्दैन । यदि रहेछन् भने पनि अरु सबै पार्टीले त्यो पदको लागि मरिमट्न हुने हुनले त्यो पदमा जानै नहुने भन्ने केही छैन । कम्तिमा उनले धेरै गर्न सकेनन भने पनि भ्रष्टाचार त गर्ने छैनन र हुन खोजे उनको डरले कम हुनेछ ।
अब रह्यो उप निर्वाचनको कुरा, म यसै यति मतान्तरले रबिले जित्छन भनेर त लेख्दिन तर यो ग्यारेन्टी हो चितवन क्षेत्र नं. २ इच्छाकामना र कालिका नगरपालिकाको केही पहाडी ईलाकाबाट मंसिर ४ गते नआएको भोट उनलाई अब पक्कै आउनेछ । अनी मतान्तर को स्थिति के होला तपाई आफै अनुमान लगाउनुहोस् ?
बरु केही समय काम गर्न दिएको भए उनको मुल्यांकन हुन्थ्यो । कती गरे कति गरेनन् भनेर । लेख्न र बोल्न जति सहज छ त्यति काम गर्न गार्हाे छ नेपालमा भन्ने कुरा पक्कै प्रमाणीत हुने थियो । रास्वपाको घोषणापत्रमा भएजस्तो ५ वर्षमा कायापलटनै हुने किसिमको केही हुने थिएन तर शुसासनको स्थिति पैदा भयो भने पनि एउटा फरक अनुभुती पक्कै मिल्ने थियो । राम्रो कामले सबैलाई फाइदै त पुग्थ्यो नि भनेर हेक्का हुन जरुरि थियो । त्यसो त अर्काे ५ वर्षमा जनताको अदालतले उनी सक्षमा वा असक्षम भन्ने निर्णय हुन्थ्यो ।
अब उनले पुनः निर्वाचनमा भाग लिनेछन पुनः धेरै मतले जित्नेछन् मन्त्री बन्ने कुरा त अब उनको लागि नर्मल भयो । बरु यस्तै हालत रह्यो भने अर्काे ५ वर्ष पछि उनि प्रधानमन्त्री नै नबन्लान भन्न चाँही सकिदैन ।
(यो मेरो निजि बिचार भएकाले त्यसलाई त्यहि अनुसार मुल्याकंन गर्नुहुन अनुरोध गर्दछु)
महेश पाण्डे
पत्रकार, नेपालीको आवाज डटकम

तपाईको प्रतिक्रिया