माघ १४ गते । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा महोत्सव समापनको अघिल्लो दिन शनिवार आज हजारौं दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको एघारौं दिन शनिवार मात्रै करिव २० हजार भन्दा वढि दर्शकले महोत्सव अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ खैरहनीले जनाएको छ । शनिवारको भीड अहिले सम्मकै अत्याधिक रहेको संघका अध्यक्ष महोत्सवका संयोजक दिपेन श्रेष्ठले जानकारी दिए । शनिवार विदा पनि भएको र चर्चित गायिका ज्योति मगरलाई हेर्न हजारौंको उपस्थिती रहेको थियो । अघिल्लो शनिवार पनि करिव २० हजारको हाराहारीमा दर्शक उपस्थिती भएकोमा यस पटकको शनिवार त्यो भन्दा वढि रहेको संघका अध्यक्ष श्रेष्ठले वताए । शनिवार चर्चित गायिक ज्योति मगर र वाल गायक जेनिश उप्रेती मुख्य आकर्षक रहे । दिउँसो उप्रेतीले दर्शकलाई मनोरञ्जन दिलाएकोमा साँझपख ज्योति मगरको प्रस्तुतीमा दर्शकहरुले झनै मनोरञ्जन लिए । ज्योति मगरले करिव एक दर्जन गीत प्रस्तुत गर्दा महोत्सवको भीड उत्तेजित समेत वन्न पुग्यो । शनिवार ज्योति मगरको प्रस्तुती र उनलाई हेर्नकै लागि आफुहरु आएको कतिपयले वताएका थिए । आकर्षक गेटअपमा प्रस्तुत भएकी ज्योतिले लोक दोहोरी मार्फत पनि दर्शकलाई मनोरञ्जन प्रदान गरिन् । उद्योग बाणिज्य संघ खैरहनी र नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको सयुक्त आयोजनामा माघ ४ गतेदेखी सुरु भएको महोत्सव भोली आईतवार समापन हुदैछ ।

तपाईको प्रतिक्रिया