जापान / नेपाल पत्रकार महासंघ ,जापान शाखाको सल्लाहकारमा चितवनका ४ पत्रकारहरु चयन भएका छन्। उनिहरु यतिबेला जापानमा रहदैं आएका छन्। उनिहरुलाई नेपाल पत्रकार महासंघ , जापान शाखाको २०२३ जनवरी २९ तारिकको तेश्रो बैठकले चयन गरेको हो।

सल्लाहकारमा चयन हुनेहरुमा चितवनका कविकिरण न्यौपाने, कृष्ण भण्डारी , बिनोदकुमार सापकोटा र दिनेशकुमार थपलिया रहेका छन् । न्यौपाने प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक सदस्य हुन्। उनि नेपालबाट सञ्चालित अभिमतपत्र डटकमका कार्यकारी सम्पादक छन्। उनि जापानमा प्रकाशित नेपाली समाचार ( एक मात्र नेपाली पत्रिका) र समुन्द्रपारि डटकमका समाचार प्रमुख हुन । भण्डारी भने नेपाल पत्रकार महासंघ , चितवन शाखाका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक उपाध्यक्ष हुन्। उनि सामाजिक गतिविधीमा समेत कृयाशिल छन्।

दिनेशकुमार थपलिया पनि प्रेस युनियन चितवनका पूर्व अध्यक्ष हुन्। जापान आएर पनि उनको कलम रोकिएको छैन । जापानमा उनि आफ्नो काम संगै सञ्चारकर्ममा कृयाशिल छन्। त्यस्तै बिनोदकुमार सापकोटा चितवन रहदाँ पत्रकारको हक हितको निम्ती कृयाशिल व्यक्तित्व हुन् । उनले नेपाल पत्रकार महासंघ , चितवनको सह – सचिव तथा प्रेस चौतारी चितवनको सचिव रहेकै अवस्थामा जापानमा आई पत्रकारितामा हाल सम्म पनि सक्रिय छन् । उनले जापान शाखाको सचिव हुँदै उपाध्यक्षमा रहि काम गरेका थिए। उनि नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक सदस्य समेत हुन्। जिल्ला शाखा सरह मान्यता पाएको जापान शाखाको स्थापना तिलक मल्लको अध्यक्षतामा सन् २o११ मा भएको थियो।

तपाईको प्रतिक्रिया