रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ ले वडा भित्रका विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेको छ । नगरपालिको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सो वडाका ५५ बिपन्न परिवारको बिमा गरी मंगलवारस्वास्थ्य बिमा कार्ड बितरण गरेको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा र वडा सदस्य उमादेवी सुवेदीले स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरेका थिए । सो अबसरमा नगरपालिकाका प्रबक्ता समेत रहेका वडाध्यक्ष सापकोटाले आर्थिक अभावका कारण उपचार गर्न नपाएका समुदायको स्वास्थ्य उपचारको लागि निःशुल्क बिमा सुरु गरिएको बताए । रत्ननगर नगरपालिकाले चालु आर्थिक बर्षमा ३ हजार २०० परिवारको निःशुल्क बिमा गर्ने योजना सहित एक करोड रुपमा विनियोजन गरेको थियो । अहिले सम्म २ हजार ५०० परिवारले निःशुल्क स्वास्थ्य बिमाको लागि नगरपालिकामा आबेदन दिएका छन् । नगरपालिकाले स्वास्थ्य बिमाको लागि प्रति परिवार ३ हजार ५०० रुपैया तिरेको छ । वडा कार्यालयमा भएको कार्यक्रम सचिव सुर्यप्रसाद ढुंगानाले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया