रत्ननगर । चितवनको सौराहामा जारी सडक फूड फेस्टिबलको अबसरमा वेटर रेस प्रतियोगिता गरिएको छ । फेस्टिबलको आयोजक संस्था रेवान सौराहाले रेष्टुरेन्टमा काम गर्ने वेटरहरुको क्षमता मुल्याङकनको लागि प्रतियोगिता गरेको हो । १० जना सहभागी प्रतियोगितामा केसी रेष्टुरेन्टका लक्ष्मण चौधरी प्रथम, नेचर भ्यू रेष्टुरेन्टका विबेक शाह र केसी रेष्टुरेन्टकै दीपेश चौधरी तेश्रो भएको रेवानका उपाध्यक्ष कपिल रेग्मीले जानकारी दिए । फुस्टिबलकै अबसरमा म्युजिकल चियर र घैटो फुटाइ प्रतियोगिता समेत गरिएको छ । सौराहामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको सो फेस्टिबलमा अतिरिक्त क्रियाकलापको लागि विभिन्न प्रतियोगिता गरिएको रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमालले जानकारी दिए । प्रणय दिबसको अबसर पारेर आयोजना गरिएको फेस्टिबलमा रमाउन आएका पर्यटकहरुले अहिले सौराहा भरिएको छ । सौराहालाई व्यवसायीहरुले विवहा घरजस्तै गरी सझाएका छन् । सौराहाको मुख्य बजारमा पर्यटकको चहलपहल बाक्लो हुने गरेको छ । माघ १२९ गते उद्घाटन भएको फूड फेस्टिबल आज राती सकिदैछ ।

तपाईको प्रतिक्रिया