रत्ननगर । अखिल नेपाल किसान महासंघ रत्ननगर नगर कमिटीको संयोजकमा राजेन्द्र कृष्ण शर्मा बजगाई चयन भएका छन् ।

बुधवार सम्पन्न दोस्रो अधिबेशनले बजगाईको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको सहसंयोजकमा उपेन्द्र पोखरेल र सुभद्रा खनाल,सचिवमा बिष्णुप्रसाद पौडेल चयन भएको नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए ।

कमिटीको सदस्यहरुमा चेतप्रसाद ढकाल,कृष्णप्रसाद ढकाल,गोविन्द रेग्मी,जीवन सिलवाल,पद्मा नेपाल,प्रतिमा ढुंगाना,अमृत ढकाल,यामप्रसाद लामिछाने र श्रीराम भट्ट चयन भएका छन् ।

तपाईको प्रतिक्रिया