अजित अधिकारी
चितवन । माडी नगर प्रमुख ताराकुमारी काजी महतोले चितवन राष्ट्रिय निकुञ्ज सडकमा पानीको फोहोरा दिन नसकिने बताएकी छन् ।
माडी नगरपालिकाद्वारा आयोजित माडी क्याम्पसको सभाहलमा शनिबार सम्पन्न सम्मान तथा बधाई कार्यक्रममा बोल्दै नगर प्रमुख महतोले यस्तो बताएकी हुन् । त्यस्तै उनले पछिल्लो समय फेसबुकमा बिरोध गर्नेहरु बढेको र जथाभावी फेसबुकमा स्टार्टस राखेर नगरपालिकाप्रति कटाक्ष गर्नु सान्दर्भिक नभएको प्रतिक्रिया जनाएकी छन् ।
तर उता, माडीमा जथाभावी खेलकुदका कार्यक्रमहरु आयोजना हुँदै गर्दा नगर खेल बाहेक अन्य पूर्वाधारहरुलाई बेवास्ता गर्ने गरेको स्थानीयहरुको आरोप छ ।
नगरपालिकाको आफ्नै स्रोत र साधन भएरपनि जनताको समस्याप्रति उत्तरदायी नहुनुले जनतालाई सधैंभरी उल्लाइरहने परिबृतीको हाबी भएको जनताको बुझाइ छ ।
त्यस्तै निकुञ्ज सडक धुलाम्य हुँदा उक्त क्षेत्र भएर यात्रा गर्ने यात्रुहरुलाई सास्ती हुँदै आएको छ । तर यसप्रति राजनीतिक दलका प्रतिनिधी समेत मौन छन् । स्थानीय निकायमा नयाँ प्रतिनिधि आएको झन्डै ८ महिना भन्दा बढी भइसक्दा समेत अवस्था उस्तै दयनीय छ ।