अजित अधिकारी
चितवन । बि.स. २०७८ साल असार ४ गते विद्युत पोल मिलाउने क्रममा खसेर गम्भीर घाइते भएका भरतपुर महानगरपालिका २५ अमृत चोक निवासी कमल प्रकाश सुबेदीको उपचारमा सहयोग गर्न सबैमा परिवारले अपिल गरेको छ । सुवेदी अहिले स्वास्थ्य अवस्था नाजुकसंगै बिस्तारामा नै जीवन यापन गरिरहेका छन् ।
बिचरा नहिड्न सक्छन् न त उभिन नै, अरुको सहारामा ह्विलचियरमा बसेर हिड्नुपर्ने उनको बाध्यता छ । उमेरले बल्ल २९ बर्ष पुगेका सुवेदी घरपरिवारको मुहारमा खुशी ल्याउन र चुलोमा आगो बाल्न अहोरात्र आफ्नो कर्ममा लाग्दै गर्दा अफसोच गम्भीर घाइते भएर अरुको सहारामा बाँच्न बिबश छन् ।
कसलाई चाहना हुँदैन र, आफ्नो घर परिवार र छोराछोरीको मुहारमा खुशी छर्न । तर दैव नै लागेपछि कसको पो के लाग्दो रहेछ । गहभरी आँसु पार्दै प्रकाश भन्छन् मेरो भाग्य यस्तै रहेछ, दुई चार पैसा कमाएर बिहान बेलुका परिवारको छाक तार्ने म गरिव परिवारको मान्छे आज यसरी बिस्तारामा जीवनसंग लडिबुडी गर्दै गर्दा मेरो परिवारको अवस्था झनै नाजुक भएको छ । उनी भन्छन् घाँटी र ढाडमा गम्भीर चोट लागेको र शरीरका भित्री अंगहरुमा समेत चोटपटक लागेको उनको भनाइ छ ।
उनका बुवा कृष्णराज सुवेदी भन्छन् अहिलेसम्म छोराको उपचारका लागि २०/२५ लाख खर्च भइसक्दापनि अझै बीसको उन्नाइस नभएको दुखेसो पोखे । छोराको उपचार गर्दागर्दै जग्गाजमिन समेत सकिन लाग्यो । डाक्टरका अनुसार अझै उपचारका लागि ३० लाख रुपैयाँ चाहिने भएको हुँदा यत्रो रकम कहाँबाट उपलब्ध गराउने भन्नेमा बढी चिन्तित छन् । त्यस्तै, परिवारले सबैमा सहयोगको लागि समेत अपिल गरेको छ । जसको लागि उनका बुवा कृष्णराज सुबेदीको मोबाइल नं. ९८४५८१५३९९ मा सहयोगका लागि फोन गरेर बुझ्न सकिने परिवारले जनाएको छ ।