अजित अधिकारी
चितवन । अयोध्याका बारेमा थप खोज अध्ययनका लागि माडी आएको अयोध्याका अध्येता लोकमणि पौडेल सहितको टोलीले आज (बुधबार) माडीको धार्मिक ऐतिहासिक स्थल पाँच पाण्डब, गोद्वकनाथ, परशुराम कुण्ड, देवसभा, मान्द्रे ढुङ्गा, तीनधारा, सहस्रधारा, स्त्री ढुङ्गा प्रस्तावित अयोध्याधाम र बैकुण्ठ लगाएतका मठ मन्दिरको स्थलगत अध्ययनसंगै अबलोकन गरेको छ ।
टोलीमा अयोध्याका अध्येता लोकमणि पौडेल, उनका छोरा अभयमणि पौडेल, शब्द चिन्तन संघ चितवनका अध्यक्ष लोकचन्द्र अधिकारी र अयोध्याका बारेमा अध्ययन गरिरहेका कृष्णानन्द खड्का छन् ।
अध्येता पौडेलले वाल्मीकि रामायणसंग आधारित रहेर १२ बर्षदेखि गहिरो अध्ययन गर्दै असली अयोध्या नामक कृति प्रकाशन गर्दै छन् । उक्त पुस्तकमा सय भन्दा बढी प्रमाणहरु समेटेर अयोध्या दर्शनिय स्थलहरुको बणर्न समेत गरिएको लेखक पौडेलको भनाइ छ । उनका अनुसार शास्त्रीय प्रमाणका आधारमा माडीका विभिन्न धार्मिक क्षेत्रहरुले रामको जन्मभूमि स-प्रमाण पुष्टि गर्ने हुँदा धार्मिक क्षेत्रको अबलोकन गरेको उनको भनाइ छ ।
भोलि (बिहिवार) शितलपुरको सबैभन्दा लामो झरना सहित अन्य धार्मिक क्षेत्र अबलोकन गर्ने कार्यक्रम रहेको उक्त टोलीमा सहभागी रहेका माडीका धार्मिक अभियन्ता कृष्णानन्द खड्काले जानकारी दिए ।
पौडेलले भ्रमणका क्रममा अबलोकन गरेका दुई चित्रमा देव सभा र स्त्री ढुङ्गा