रत्ननगर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले माओवादी अध्यक्ष प्रचण्ड जनताबाट बहिस्कृत भइसकेको आरोप लगाएका छन् । चितवनको रत्ननगरमा ग्रासरुट अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताले बहिस्कार गरेकै कारण प्रचण्डले चुवाबको बेला निर्वाचन क्षेत्र परिर्वतन गर्दै हिडेको बताए ।

जनताले बहिस्कार गरेकै कारण चितवनबाट गोरखा गए उनले भने अब कहा जान्छन हेर्न पाइन्छ । नेता बास्कोटाले जनताले बहिस्कार गरेकै कारण प्रचण्डलाई चुनावको बेला निर्वाचन क्षेत्र छाडेर भाग्नुपर्ने बाध्यकारी अबस्था रहेको बताए ।

उनले राष्ट्रपतिको निर्वाचनलाई लिएर भएको काँग्रेस माओवादी सहितको गठबन्धनले मुलुकलाई कमजोर बनाउने बताए । यो गठबन्धनले राष्ट्रियता कमजोर बनाउने छ उनले भने यसका लागि एमालेले खबरदारी गर्नुपर्छ ।

एमालेले प्रचण्डलाई अन्तिम मौका दिएको भन्दै नेता बास्कोटाले अब प्रचण्डसंग कहिल्यै सहकार्य नहुँने बताए । प्रचण्डलाई अन्तिम मौका दिएका थियौं उनले भने तर उनको मति कहिल्यै सुघ्रिएन । नेता बास्कोटाले चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जित्ने गरी तयारीमा लाग्न निर्देशन दिए ।

स्ववियु निर्वाचन हार्ने छुट छैन् उनले भने विद्यार्थी र पार्टीका तर्फबाट गर्नुपर्ने जिम्मेवारीमा कमी नहोस । नेता बास्कोटाले पार्टीको जरासम्म र जनताको घरसम्म पुग्ने गरी अभियान सुरु गरेको बताए । स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीले अपेक्षाकृत जित निकाल्न नसक्नुका कारण खोजिगर्दै पार्टीलाई बजबुत र एकताबद्ध बनाउने अभियानको उद्देश्य रहेको बताए ।

पार्टी भित्रको अन्तरविरोधको अन्त्य गर्दै जनता सामु जाने उनको भनाई छ । पार्टी भित्र जुझारु एकता आवश्यक रहेको भन्दै उनले अभियानले एमालेलाई पुरानै अबस्थामा फर्काउने विश्वास व्यक्त गरे ।

एमाले कमजोर भयो भने राष्ट्रियता कमजोर हुने भन्दै नेता बास्कोटाले पुराना नेताको साथ र युवाको क्रियाशिलताले मात्र पार्टी बलियो हुने बताए । एकता, संघर्ष र रुपान्तरणले मात्र पार्टी चलायमान हुने भन्दै नेता बास्कोटाले ग्रासरुट अभियानमा यिनी विषयलाई प्राथमिकता दिइने बताए ।

तपाईको प्रतिक्रिया