अजित अधिकारी
चितवन । माडीका केही भित्री बाटोहरुको कालोपत्रे समयमा नै सम्पन्न नहुँदा जनताले सास्ती पाउनुका साथै सडकमा उड्ने धुलोबाट जनता ग्रसित बनेका छन् ।

माडी-६ स्थित कल्याणपुर बजारबाट आकाशे पुल हुँदै मिलन चोकसम्म र मिलन चोक देखि जनकल्याण स्कुलसम्मको बाटो त्यस्तै माडी-५ काे दराईचाेक देखि बाँदरमुढे सम्मकाे सडक खण्ड कालाेपत्रे प्रकृया सुरू नहुँदै अलपत्र परेको हो ।

कल्याणपुर (मिलन चाेक) सडकमा कालाेपत्रे गर्न प्राइम छर्किएकाे महिनाैं बितिसक्दापनि बिचमा काम सुचारु नभएपछि बाटाेमा पुनः गिटी थुपारिएकाे छ । भने काममा ढिलासुस्ति भइरहेकाे छ । त्यस्तै दराईचाेक-बाँदरमुढे सडक खण्डमा माघ पहिलाे साता भित्रमा गिटी बिछ्याइएपनि चैत महिना सकिनै लाग्दा समेत काम सुचारू हुन सकिरहेको छैन ।

माडी-५ का वडाध्यक्ष गणेश घतानेका अनुसार नगरपालिकाकाे ग्रेडरमा इन्जिन मर्मत गर्नुपर्ने भएकाले गिटी सम्याउन नपाउँदा बाँकी काम राेकिन पुगेकाे हाे । मर्मत सामाग्री छिमेकी मुलुक भारतदेखि ल्याउनु पर्ने भएकाले उक्त काम प्रभावित बनेकाे उनले बताए । अबकाे एक साताभित्र ग्रेडर मर्मत गरी काम सुचारू गराउन पहल गरिने उनको भनाइ छ ।

बाटाेमा बिछ्याइएको गिटीका कारण साना तथा ठुला सवारीसाधनहरु दुर्घटनामा पर्ने गरेका छन् । त्यस्तै बाटाेमा हिड्ने पैदल यात्रुहरू समेत कष्टकर पैदल यात्रा गर्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया