अजित अधिकारी
चितवन । माडी नगरपालिका ९ स्थित कृष्णनगरमा घर नजिकै रहेको कुलोमा डुबेर एक शिशुको मृत्युु भएको छ ।

मृत्यु हुनेमा स्थानीय रामु रानाभाटका डेढ वर्षका छोरा प्रदिप रानाभाट रहेका छन् । घर नजिकैको कुलोमा बिहीबार खेल्ने क्रममा शिशुको ज्यान गएको प्रहरीले जनाएको छ ।

बच्चा लामो समयसम्म नदेखेपछि स्थानीय, नेपाल प्रहरी, जनपथ लगायतको टोलीले करिब ३ बजेको समयमा डाला बुन्ने नामको खोल्सा नजिकैकाे कल्भट भित्र मृत अवस्थामा भेटिएको स्थानिय प्रेम आचार्यले नेपालीको आवाज डटकमसंग बताए ।

तपाईको प्रतिक्रिया