रत्ननगर । इच्छाकामना गाउँपालिका वडा नं १ भाराङमा रहेको सामुदायिक स्वास्थ्य चौकीलाई शुक्रवार औषधि सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले १ लाख २४ हजार ४०७ रुपैया बराबरको औषधि तथा अन्य स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

स्वास्थ्यचौकीमा औषधि र स्वास्थ्य सामाग्रीको अभावका कारण सीमान्तकृत चेपाङ समुदाय उपचारबाट बन्चित हुने अबस्था आएपछि औषधि र सामाग्री सहयोग गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने र सो सार्टीका केन्द्रीय सदस्य समेत रहेका इम्प्याक्टका अध्यक्ष गिरीले सामाग्री हस्तान्तरण गरेका हुन । त्यसैगरी इम्प्याक्टले सोही वडामा रहेको आधारभूत विद्यालय भाराङमा भान्सा कोठा समेत निर्माण गरिदिने भएको छ । भान्साकोठा निर्माणको लागि शुक्रवार जग शिलान्यास समेत गरिएको गिरीले बताए ।

तपाईको प्रतिक्रिया