रत्ननगर । पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता गरिएकाे छ । जेसीज सप्ताहकाे अबसरमा आयाेजित प्रतियाेगिता जेसीजकाे टिम ले जितेकाे छ । एकका बिरुद्ध दुई अन्तरले जेसीज विजयी भएकाे हाे ।

प्रतियाेगितामा जेसीजकाे तर्फबाट कप्तान सुरेशजंग पाण्डेले १ गाेल र राेशन पाैडेलले अर्काे गाेल गरेका थिए । पत्रकारकाे तर्फबाट राजनदिल गुरुङले एक गाेल गरेका थिए । प्रतियाेगितामा रत्ननगर जेसीजका पाण्डे उत्कृष्ट खेलाडी घाेषित भएका थिए । प्रतियाेगितामा ललीत थापाले रेफ्रीकाे भूमिका निर्वाह गरेका थिए । वडा नं २ का वडाध्यक्ष राजेन्द्र घिमिरे प्रमुख अतिथि रहेकाे साे उद्घाटन कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष हाेमनाथ सापकाेटा, प्रतियाेगिताका संयाेजक सुमन पाैडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । रत्ननगर जेसीजका अध्यक्ष अमित कुमार गुप्ताले सप्ताहकाे उद्देश्य र महत्वकाे बारेमा प्रकाश परेका थिए । रत्ननगर जेसीजका महासचिव नरहरी पुरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया