रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० ले नमुना सडक निर्माणमा जाेड दिएकाे छ । साे वडाले एक बर्षकाे अबधिमा सडक निर्माणसंगै शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनकाे विकासकाे लागि काम गरेकाे पाइएकाे छ । मुल सडक कालाेपत्रे गरेकाे साे वडाले भित्री सडक माेज्याक टायल र ढलान समेत गरेकाे छ । कालाेपत्रे गर्न मापदण्ड नपुग्ने भित्री सडकमा माेज्याक टायल र ढलान गरिएकाे वडाध्यक्ष कलाधर पाैडेलले जानकारी दिए । प्रदेश र वडा वजेटबाट एक बर्षकाे अबधिमा १० वटा सडक कालाेपत्रे गरिएकाे छ । वडा भित्र साढे एक किलाेमिटर सडक कालाेपत्रे गरिएकाे हाे ।

एक बर्षकाे अबधिमा वडा भित्र तीन वटा सडक ढलान तथा पाँच वटा सडकमा माेज्याक टायल लगाइएकाे छ । नमुना टाेलमा रहेकाे चाैधरी बस्तीमा ९५ मिटर सडकमा माेज्याक टायल लगाइएकाे छ । साढे तीन लाखकाे लगानीमा साे सडकमा माेज्याक टायल लगाइएकाे हाे । शिवनगर टाेलमा एउटा ९५ मिटर र अर्काे ५० मिटर गरि दुई वटा सडकमा सात लाखकाे लगानीमा माेज्याक टायल लगाइएकाे छ । हरिहर टाेलमा ५० मिटर र श्रीकृष्ण टाेलमा साढे तीन लाखकाे लगानीमा १०५ मिटर माेज्याक लगाइएकाे छ । त्यसैगरी माया केसीकाे घरबाट डिल्लीराम पाेखरेलकाे घर सम्म ११० मिटर सडक ढलान गरिएकाे छ । साढे ६ लाखकाे लगानीमा ढलान गरिएकाे हाे ।

श्रीप्रभात टाेलमा साढे ११ लाखकाे लगानीमा २५० मिटर सडक ढलान गरिएकाे छ । कैलाश टाेलमा १४ लाखकाे लगानीमा २३० मिटर सडक ढलान गरिएकाे छ । बैरियामा खाेप केन्द्र र पशुसेवा केन्द्र सञ्चालन गरिएकाे छ । नमुना टाेलमै चाैधरी बस्तीका विपन्न परिवारकाे आयआर्जनकाे लागि ३१ परिवारलाई ३२ वटा बाख्रा वितरण गरिएकाे र त्यहाका बासिन्दाले व्यवसायिक रुपमै बाख्रापालन सुरु गरेकाे वडाध्यक्ष पाैडेलले जानकारी दिए । साे वडा अन्तर्गत पर्ने टिकाैलीमा कृष्णसार राख्न पूर्वाधार निर्माण गरिएकाे छ भने हरियाली पार्क निर्माण र पञ्चनदी तटबन्धन गरिएकाे छ ।

कृष्णसार राख्न प्रदेश सरकारकाे ४२ लाखकाे लगानीमा पूर्वाधार निर्माण गरिएकाे हाे । प्रदेश सरकारकै ४० लाख लगानीमा हरियाली पार्क र नदी तटबन्धनकाे काम भइरहेकाे छ । अबकाे एक महिना भित्र बर्दियाबाट कृष्णसार ल्याउने गर‌ी तयारी अन्तिम चरणमा पुगेकाे वडाध्यक्ष पाैडेलले बताए । साेही ठाउँमा पाेखरी निर्माण गरेर माेटरबाेट सञ्चलनकाे तयारी गरिएकाे छ । त्यसका लागि नगरपालिकाले एक कराेड र केन्द्र सरकारले एक कराेड २० लाख विनियाेजन गरेकाे छ । श्रीकृष्ण प्रणामी मन्दिर टिकाैलीमा नगर स्तरीय बजेटबाट माेज्याक टायल लगाइएकाे छ ।

बैरिया माविमा शिक्षाकाे गुणस्तर सुधार र प्रविधिक शिक्षाकाे लागि वडा कार्यालयले विभिन्न कामहरु गरेकाे छ । नगर स्तरीय याेजना अन्तर्गत १२ लाख पर्खाल, ५ लाख पशु गाेठ, ३ लाख बाल विकास र ४ लाख सामाजिक ल्याप तथा वडा स्तरीय बजेटबाट साे विद्यालयमा शैक्षिक गुणस्तर सुधारकाे लागि शिक्षक व्यवस्थापनकाे काम गरिएकाे छ । त्यसका लागि वडाले सात लाख रुयैया लगानी गरेकाे छ । साेही विद्यालयमा स्कुल बस खरिदका लागि १५ लाख रूपैया प्रदान गरिएकाे वडा सचिव सुरेन्द्र चाैधरीले जानकारी दिए । यसैबीच साे वडामा गरिएकाे विकास निर्माणकाे अनुगमन गरिएकाे छ। वडा सदस्य सुदन भण्डारी,मिलन चाैधरी, पूर्णिमा नेपाल, गाेमा भण्डारी तथा पत्रकारहरु सहितकाे टाेलीले अनुगमन गरेकाे हाे ।

तपाईको प्रतिक्रिया