चितवन, असार २४ । पूर्वी चितवन स्पोर्टस क्लबको आयोजनामा एक दिने ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिबारको समय पारेर पूर्वी चितवनमा रहेका ४ वटा नगरपालिकाका खेलाडीहरुलाई समेट्ने गरि रत्ननगर–३, बेल्सिमा रहेको कभर्डहलमा सो क्लबको आयोजनामा एक दिने ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा ४० वर्ष माथीका उमेर समूहका १२ टिम र खुल्ला तर्फ २६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष राजकुमार पुरीले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

प्रतियोगितामा ४० वर्ष उमेर माथी अन्तर्गत केबल न्यौपाने र बिकाश डल्लाकोटीको जोडी प्रथम भएको छ भने दामोदर रेग्मी र ईश्वर श्रेष्ठको जोडी द्धितिय र राजकुमार पुरी र केदार थापा तथा लोसाङ तमाङ र पुर्ण तामाङको जोडी तृतिय भएको छ ।

त्यस्तै खुल्ला तर्फ ईश्वर आले र मनोज गुरुङको जोडी प्रथम भएको छ । साथै जगदिश अधिकारी र सागर अर्यालको जोडी द्धितिय र बिवस तमाङ र श्याम शर्मा तथा अमन थिङ र मिलनको जोडी तृतिय भएको छ ।

क्लबका अध्यक्ष पुरीले अबको केही महिना भित्रमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने सोच क्लबले बनाएको जानकारी दिदै सो प्रतियोगितामा भाग लिन प्रेरित गर्न र खेलाडी छनोटमा सहज होस भनेर प्रतियोतिाको आयोजना गरिएको जानकारी दिए ।

प्रतियोगितामा बिजेता हुने जोडीलाई रत्ननगर वडा नंं ३ का वडा अध्यक्ष सोहिन्द्र राज खरेलले सिल, मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया