रत्ननगर । रोटरी क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम गरिएको छ । सोमबार आयोजित एक औपचारिक कार्यक्रमका बीच बर्ष २०२२/२३ का अध्यक्ष रामहरि लम्सालले बर्ष २०२३/२४ का अध्यक्ष हरिकुमार श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा ९ जना नयाँ सदस्यलाई क्लवमा स्वागत गर्दै सदस्यता प्रदान गरिएको छ भने २७ जनालाई पीएचएफ र पीएचएस सहयोग गर्नेलाई विधा अनुसारको पिन प्रदान गरिएको रोटरी क्लवका पूर्व असिष्टेन गभर्नर तथा क्लबका पूर्व अध्यक्ष विपिन पोखरेलले जानकारी दिए ।
रोटरी क्लवका डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजूले उनीहरुलाई पिन हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेयर सापकोटा रोटरी क्लवले सामाजिक क्षेत्रमा गरेको काम अनुसरण गर्न लायक रहेको बताए । उनले रोटरीले समाज परिवर्तनको लागि गर्ने रचनात्मक काममा स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए । रोटरी क्लवका डिष्ट्रिक गभर्नर ध्वजूले रत्ननगर रोटरी क्लवले गरेको कामको प्रशंसा गर्दै उद्देश्य मुताविक काम गरेर रोटरीको ईतिहासमा छुट्टै पहिचान बनाउन सफल भएको बताए ।
क्लबका वर्ष २०२२/२३ का सचिव लक्ष्मी लाल श्रेष्ठले क्लबले रत्ननगर-२ मा राेटरी प्रतिक्षालय, कालिका नगरपालिकाकाे लटाैलीमा रहेकाे विद्यालयलाई जग्गा सहितकाे २ तले भवन, रत्ननगरममा रहेका गरिब ८ जना विद्यार्थीलाई छात्रवृत्ति लगाएतकाे कार्यक्रमहरु गरिएकाे जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्षहरु कुलप्रसाद सापकोटा, राजेन्द्रप्रसाद घिमिरे, सोहेन्द्रराज खरेल, सजना महतो, कृष्ण चौधरी, कलाधर पौडेल,वालकृष्ण चापागाईँ,अनन्त अधिकारी, किरण महतो, पूर्व डिष्ट्रिक गभर्नर बासुदेव गोल्यान, राजेन्द्रकुमार पिया, संजय गिरी, डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रमान शेरचन, डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइराला, रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रेसिडेन्ट इलेक्ट विरञ्जना सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम अमित भूषालले सञ्चालन गरेका थिए ।