चितवन । आज (बुधवार) बिहान करिब ११:४० बजेको समयमा भरतपुर म.न.पा ९ टिकौली जङ्गलमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेजको बसले बिपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नं.को लाश बोकि देवघाट तर्फ जादै गरेको बलेरोलाई ठक्कर दिई बा.प्र.०६-००१प ९९८१,बा.प्र.०३-००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३-००१प ४१४७ मो.सा.हरु , बा.प्र.०६-००१प २२९४ र बा.प्र.०३-००२प ४१९८ नं.को स्कुटर सहित सम्पुर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा २० जना घाइते, ७ काे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार घाइतेलाई उपचारको लागि भरतपुरका बिभिन्न अस्पताल तर्फ पठाएको छ भने दुर्घटनाग्रस्त सम्पुर्ण सवारी साधनहरु भने घटनास्थलमानै रहेको छ ।

प्रहरीले बस चालक नवलपुर जिल्ला गैंडाकोट न.पा.९ बस्ने बर्ष २६ को आशिष परियार प्रहरीको नियन्त्रणमा रहेको र उक्त स्थानमा ई.प्र.का. टाँडीबाट प्र.ना.उ.जिप्रकाबाट प्र.नि.सहितको टोली खटिएको जनाएको छ । उक्त स्थान प्र.चौ.गोन्द्राङ बाट अं. ५०० मि. टाँढा रहेको छ ।
दुर्घटनामा परेका घाइतेहरुको अवस्था र बिवरण यस प्रकार रहेको छ ।

• भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु

१.जि.चितवन खैरहनी न.प.४ बस्ने बर्ष अं.६०/६५ को कृष्ण ब.तामाङ गम्भिर ।
२.जि.मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष अं.६०/६५ को महोन तामाङ गम्भिर ।
३.जि.चितवन खैरहनी न.पा.१ बस्ने बर्ष अं.८२ को जित ब.तामाङ गम्भिर ।
४.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को कुसुम ब.राना गम्भिर ।
५.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ गम्भिर ।
६.जि.चितवन र.न.पा.९ बस्ने बर्ष अं.३०/३५ को किशोर तामाङ गम्भिर
७.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष अं.५०/५५ को डोल ब.कार्कि गम्भिर ।
८.जि.चितवन र.न.प.१४ बस्ने बर्ष ४१ को पुर लामा मध्यम ।
९.जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ मध्यम ।
१०.जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले मध्यम ।
११.जि.काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ मध्यम
१२.जि.चितवन र.न.पा.१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ मध्यम ।
• (नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते
१. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा मध्यम
• पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु
१.बा.प्र.०३-००६ प ९९८१ नं.मो.सा.चालक जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३३ को शंकर परियार सामान्य
२.सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य मध्यम ।
३.बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ५० को आईतराम कामि मध्यम ।
४. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४४ को गोपाल तामाङ मध्यम
५. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष २६ को पुष्प तामाङ मध्यम ।
६. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.१४ बस्ने बर्ष ३८ को कृष्ण लामा मध्यम ।
७. बलेरो गाडीमा सवार जि.चितवन र.न.पा.३ बस्ने बर्ष ४५ को जिवन लामा मध्यम ।

तपाईको प्रतिक्रिया