
काठमाण्डौ । उच्च शिक्षाका लागि जापान जाने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएका परामर्श व्यवशायीहरुको साझा संगठन सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एक्यान)को प्रथम वार्षीक साधरण सभा शनिवार बिहान ८ बजेदेखि काठमाण्डौ शंखपार्कमा रहेको स्मार्ट दरवारमा हुने भएको छ ।
संस्थाका तदर्थ समितिका अध्यक्ष तथा साधरण सभाका संयोजक समेत रहेका किशोर तिवारीले शनिबार हुने प्रथम वार्षीक साधरणबाट नया कार्यसमिति निर्माण हुनुका साथै संस्थाको भावि कार्ययोजना तयार पारीने नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
जापान शैक्षिक परामर्श ब्यवशायीहरुको गत बैशाखमा काठमाडौंमा सम्पन्न भेलाबाट गठित तदर्थ समितिले असार ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा र असार १८ गते समाज कल्याण परिषद्मा संस्था दर्ता गरेको थियो ।
संस्थाको नेपालीमा सक्रिय शैक्षिक परामर्श संघ, नेपाल, अंग्रेजीमा एक्टिभ एजुकेशनल कन्सल्टेन्सी एसोशिएशन, नेपाल र छोटकरीमा एक्यान राखिएको छ ।