काठमाडौँ । सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एक्यान) को प्रथम वार्षिक साधारणसभाबाट अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित भएका छन् । संघको तदर्थ समिति अध्यक्ष समेत रहेका तिवारी शनिवार काठमाडौँको शंखपार्क स्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।

जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका व्यवसायीहरूको छातासंगठनको रुपमा गत असार १८ गते दर्ता गरिएको उक्त संस्थाले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको हो ।

संघको निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा केशवराज अर्याल, द्धितिय उपाध्यक्षमा बिनोद पोखरेल, महासचिवमा तीर्थराज भण्डारी, सचिवमा शिव प्रसाद सुवेदी, कोषाध्यक्षमा अनिल भण्डारी र सह–कोषाध्यक्षमा मेघराज शाही रहेका छन् । त्यसैगरी सदस्यहरुमा पूजा प्रधान, प्रेम चापागाई, अनिल मरहठ्ठा, हिरानाथ महर्जन, मुकेश खतिवडा, गंगाराम बस्नेत ,सन्तोष बाराकोटी र मनिष बर्देवा रहेका छन् ।

सो साधारण सभामा नवनिर्वाचित कार्यसमितिले संस्थाको भावी कार्यदिशा र गरिने कार्यको पनि सदस्यहरुलाई जानकारी गराएको थियो ।

नवनिवार्चित अध्यक्ष तिवारीले संस्थाको सदस्यता लिन जापानसँग सम्बन्धित शैक्षिक परामर्श प्रदान गर्ने जुनकनै शैक्षिक परामर्श दाता संस्था संघको नियम प्रक्रिया पुरा गरेर सदस्यता बन्न सक्ने जानकारी दिए । उनले आफ्नो कार्यकालमा जापान पठाउने शैक्षिक परामर्श दाता संस्थालाई पर्न जाने जस्तो सुकै समस्यको समाधानको लागि आफुहरु लागि पर्ने जिकिर गरे ।

नया बनेको कार्यसमितिले जापानका स्कुल कलेजहरूसँग समन्वय गर्ने, सामाजिक कामहरू गर्ने, जापानको डकुमेन्टमा देखिएका समस्याहरूलाई सकेसम्म एकरूपता गराउने, अतिरिक्त क्रियाकलाप गर्ने, जापानको राजदुताबास, भिएफएस र विदेश अध्ययन अनुमतिपत्र (एनओसी) को लागि शिक्षा मन्त्रालय लगायतका विभागसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया