चितवन
वन्जारा वन्जाडे समाज नेपाल चितवन जिल्ला कार्य समितिको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वी चितवनको मनि खोला पार्कमा गत शनिवार तीज विशेष कार्यक्रम सहित समाजले साधारण सभा सम्पन्न गरेको हो ।
चितवनका अध्यक्ष रमेश बन्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष गीता बन्जारा प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि बन्जाराले बन्जाडे र बन्जारा एउटै भएको र २०४८ बाट यसको तथ्याङ्क राख्न शुरु गरिएको र हाल सम्म देशभर करीव ५० हजार रहेको जानकारी दिनु भयो । देशभरका बन्जाराहरुलाई अझ गोलबन्द गरि एउटा भवन निर्माण गर्ने पनि उहाले बताउनु भयो । उहाँले पाटन अस्पतालमा नेपाल मानव सेवा केन्द्रसंग समन्वय गरि न्यूनतम एक महिना निशुल्क सेवामा कोशीस गर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष रमेश बन्जाराले बंसजलाइ खोजि गरि जिल्लामा हिजो केहि धुरी भएकोमा आज करीव ४० धुरी भई सकेको र अझ कहाँ हुनुहुन्छ खोजेर जोड्नु पर्ने बताउनु भयो । ज्लिलाले समाजलाइ चलायमान बनाउन हरेक महिना एक दिन भेला गरि आपसि सहयोगको लागि मासिक ५०१ रुपैयाँ जम्मा गरेको पनि जानकारी दिनु भयो । उहाँले समाजका कुनै पनि सदस्यका छोरा छोरीले एसईई र १२ कक्षामा ए प्लस ल्याउने विद्यार्थीलाइ तथा जेष्ठ नागरिकलाइ सम्मान गर्ने पनि जानकारी दिनु भयो । साथै यस वर्ष कक्षा १२ मा प्लस ए भन्दा माथि उत्कृष्ट नतिजा ल्याउन सफल रत्ननगर १२ का विरेन्द्र वन्जाराका छोरा आशिष वन्जारालाई सम्मान गरिएको थियो । साथै आशिष बन्जाराले उपस्थित सबैलाइ स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक पूर्ब शिक्षक समेत रहेका लोक नाथ बन्जारालाइ पनि मायाँको चिनो सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका कोषाध्यक्ष कमल बन्जाराले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका सचिव देवी वन्जाराले सन्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया