रत्ननगर । कालिका नगरपालिका वडा नं ९ राष्ट्रिय आधारभूत विद्यालय लटौलीका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको छ । सो विद्यालयमा अध्ययन गर्ने १०० जना विद्यार्थीलाई एक बर्षका लागि पुग्ने स्टेशनरी, चप्पल, ट्याकसुट तथा खेलकुदका सामाग्री प्रदान गरिएको हो । रोटरी क्लवले सन २००९ देखि चेपाङ वालावालिकाको शिक्षाको लागि सो विद्यालयमा पूर्वाधार निर्माण देखि शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठ सहित पूर्व अध्यक्षहरुले सो सामाग्री हस्तान्तरण गरेका थियो । सो क्लवले विद्यार्थीका अभिभावकलाई समेत ब्लाङ्केट, टिसर्ट लगायतका सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अस्टेलियन रोटिरयनहरुले चेपाङ वालवालिकाका लागि १०० सेट ट्याकसुट, १०० सेट चप्पल, अभिभावकलाई ब्लाङ्केट, टिसर्ट उपलब्ध गराएको थियो । कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्माले सो विद्यालयमा रोटरी क्लवले गरेका कामहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल बहादुर प्रजाले रोटरी क्लवको निरन्तरको सहयोगले चेपाङ वालावालिकाले सजिलै शिक्षा आर्जन गरेको बताए ।

कार्यक्रममा पूर्वअध्यक्षहरु प्रेमकृष्ण खनाल, जनक पौडेल, अस्टेलियाका रोटरीका पूर्व डिष्ट्रिक गभर्नर मेरी ब्रेल, अस्टेलियाबाट आउने टिमका सदस्य मध्येका एक नेपाली रोटरीयन प्रकास अर्याल लगायतको सहभागिता रहेको थियो । सो विद्यालयमा रोटरी क्वल अफ रत्ननगरले ३ कठ्ठा जग्गा खरिद, स्थानीय र प्रदेश सरकारको सहलगानीमा ४ कोठे भवन निर्माण, १० बर्ष निरन्तर खाजा कार्यक्रम तथा बार्षिक रुपमा शैक्षिक सहयोग गर्दै आएको रोटरी क्लवका पूर्वअध्यक्ष विपिन पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया