चितवन । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ मा हजारौ बिद्यार्थीले सहभागीता जनाएका छन् । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कन्क्लेभमा १ हजार ५ सय भन्दा बढी विद्यार्थी र अभिभावकको प्रत्यक्ष सहभागिता रहेको हो ।

अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरूसहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो । बिहान १० बजेदेखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दासम्म उत्तिकै मात्रामा देखिएको थियो । कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्वपूर्ण ज्ञान हासिल गरेका छन् ।

‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ को चितवनमा भव्य सफलतापछि प्रतिक्रिया दिँदै राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलले सहभागी विद्यार्थीलाई धन्यवाद दिए । उनले अपेक्षा गरेभन्दा निकै राम्रो सहभागिता देखिएको प्रतिक्रिया दिए । गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रमबाट विद्यार्थीले अधिकतम लाभ लिएको उनको भनाइ थियो ।

बिगत २० वर्षदेखि शैक्षिक क्षेत्रमा कामगर्दै आएका पौडेलले चितवनबाट हजारा्रैं बिद्यार्थी उच्च शिक्षा अध्ययनको लागि बिदेश जाने गरेकाले उनिहरुलाई सहि परामर्श र मार्गनिर्देशको लागि राइटपाथ चितवन शाखाको स्थापना गरिएको बताए ।
उनले आफुहरुले कुनैपनि विद्यार्थीलाई उसको चाहाना र आकांक्षा अनुरुपनै सहि गन्त्रव्य पहिल्याउन मद्दत गरेको जिकिर गरे ।

१० वर्ष भन्दा बढी समय युकेमा बसेर बिद्यार्थीका समस्या र चाहाना बुझेर नेपालमा केहि गर्नुपर्छ र बिद्यार्थीलाई सहि सुझाव दिनको लागि शैक्षिक परामर्श संस्था स्थापना गर्नुपर्छ भन्ने सोचका साथ नेपाल आएका युवा ब्यवसायी फिलिप डि.सीको नेतृत्वमा ई.सं. २०१६ सालमा काठमाण्डौको पुतलीसडकमा स्थापना भएको सो संस्थाले अहिल देशभर ६ ठाउँमा शाखा बिस्तार गरि सकेको छ भने युके र भारतमा पनि आफ्नो कार्यालय स्थापना गरि सकेको छ ।

संस्थाका प्रबन्ध निर्देशक तथा सिइयो समेत रहेका डि.सी. भन्छन् ”हाम्रो काम भनेको उच्च शिक्षाको लागि बाहिर जाने बिद्यार्थीलाई कसरी हुन्छ सहि परामर्श दिनु हो, हामी चाहान्छौ बाहिर पढ्न जान चाहाने बिद्यार्थीले उसले नेपालमा ल्याएको स्कोर अनुसार सहि बिषय छनोट गर्न सकोस, सहि कलेज रोज्न सकोस जसले गर्दा उसलाई बाहिर पढी रहदा वा पढाई सकेपछि पनि भविष्यमा कुनै समस्या नरहोस ।”

उनले अहिले बिद्यार्थीकोहरुको रोजाईमा युके, अमेरीका, अष्ट्रेलीया, क्यानडा लगाएतमा देशहरुपर्ने गरेकाले उनिहरुको आवश्यकता र चाहानालाई पुरा गर्न कन्क्लेभको आयोजना गरिएको जिकिर गरे ।

अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले यसअघि काठमाडौं, धनकुटा र हेटौँडामा भव्यरूपमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी भएका प्रत्येक विद्यार्थीले राइटपाथबाट खैरहनीको पर्सामा रहेको म्याङ्गो हलमा फ्रि मुभी टिकेट र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यस्तै, विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशतसम्मको अफर दिइएको छ ।

राइटपाथकी ब्रान्ड एम्बेस्डर समेत रहेकी पूर्व मिस नेपाल अस्मी श्रेष्ठ तथा चर्चित गायिका अञ्जु पन्तको उपस्थितिले कन्क्लेभको रौनकता अझै बढेको थियो । यी दुई प्रसिद्ध व्यक्तित्वहरूसँग फोटो खिच्न सहभागी विद्यार्थीहरू झुम्मिएका थिए ।

भर्खर प्लस टु को परीक्षा दिएका देखि भाषा परीक्षा तयारी गरिरहेका, त्यस्ता परीक्षामा आवश्यक अंक प्राप्त गरिसकेकादेखि आफ्नो रुचि र क्षमता अनुसारको विषय पढाउने शैक्षिक संस्था छानिरहेकासम्मका विद्यार्थीहरू कन्क्लेभमा भाग लिएका थिए ।

सहभागी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको एजुकेसन कन्क्लेभमा लागेको घुइँचो देखेर उत्साहित थिए । केही प्रतिनिधिहरूलाई आफूसँग परामर्श लिने विद्यार्थीहरूको चाप व्यवस्थापन गर्न मुस्किल परेको थियो ।

कन्क्लेभलाई देशका प्रमुख सात शहरहरूमा पु¥याउने राइटपाथको तयारी छ । बैशाख ३१ गते काठमाडौं र धनकुटा, जेठ ३ गते हेटौँडा र जेठ ४ गते आज (शुक्रवार) चितवनको नारायणगढमा सम्पन्न भएको छ । यस्तै, जेठ ५ गते बुटवल, जेठ ६ गते दाङमा कन्क्लेभ सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया