रत्ननगर । रत्ननगर वडा नं ५ मा रहेको जनकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जलवायु परिर्वतन अनुकूलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । जलवायु परिर्वतनले जैविका विविधानमा पारेको असर न्यूनीकरणको लागि समुदायले खेल्नु पर्ने भूमिकाको विषयमा वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको हो ।
अमेरिकी सहयोग नियोग(युएसएआइडी)को आर्थिक सहयोगमा सामुहिक अभियानको आयोजना तथा विजय विकास स्रोत केन्द्रको स्थानीय साझेदारीमा कार्यक्रम गरिएको हो । जनकौली मध्यवर्ती सामुदायिक वनसंगको सहकार्यमा गरिएको उक्त कार्यक्रम वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले उद्घाटन गरेका थिए । सो अवसरमा उनले जलवायु परिर्वतनका कारण मानव र वन्यजन्तुको अस्थित्व संकटमा रहेको भन्दै यसको न्यूनीकरणको लागि समुदायको सक्रियता महत्वपूर्ण हुने बताए ।
मध्यवर्तीमा बसोबास गर्ने बासिन्दाहरु अब जैविक विविधता र वन्यजन्तु जोगाउन जलवायु परिर्वतनको असर न्यूनीकरणमा केन्द्रीत हुनुपर्ने बेला आएको उनले बताए । कार्यक्रममा सामुहिक अभियान काठमाडौंका प्रशिक्षक खेलमराज सापकोटा, विजय विकास स्रोत केन्द्रका प्रशिक्षकहरु विरभन्द्र सापकोटा र हरिप्रसाद आचार्यले जलवायु परिर्वतनले जैविक विविधतामा गरेको असर र न्यूनीकरणको लागि भएका प्रयासहरुको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पार्दै सामुहिक अभियान काठमाडौंका प्रशिक्षक सापकोटाले जनवायु परिर्वतनको असर न्यूनीकरणको लागि समुदाय केन्द्रीत कार्यक्रम सञ्चालन गरिएको बताए । उनले रत्ननगरका पाँचवटा सामुदायिक वनका २५० जनालाई जलवायु परिर्वतन अनुकूलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रेन्जर ऋषिराम सुवेदीले जलवायु परिर्वतनका कारण मानब जीवन कष्टपूर्ण बन्दै गइरहेको बताए । जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ६ का वडा सदस्य वीरेन्द्र महतो सहित संरक्षणर्कीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वन समिति, उपभोक्ता, टोल विकास संस्था र आमासमुह गरी ५० जनाको सहभागिता रहेको थियो ।