बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले टिकाैलीमा निर्माणाधिन हरियाली पार्ककाे अबलाेकन गरेका छन् । रत्ननगर नगरपालिकाले महत्वका साथ अगाडी बढाएको हरियाली पार्कको निर्माणाधिन योजनाको बारेमा मुख्यमन्त्री लामाले अबलोकन तथा निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मेयर प्रलाद सापकाेटाले हरियाली पार्क निर्माण गर्नुकाे उद्देश्यकाे बारेमा जानकारी गराएका थिए । साे अबसरमा मन्त्री लामाले रत्ननगरमा निर्माणाधिक हरियाली पार्क उत्कृष्ट पर्यटकीय गन्तव्यकाे रुपमा विकास हुने भन्दै प्रदेश सरकारले थप लगानी गर्ने बताए ।
तेस्रो पर्यटकीय नगरी सौराहाको पर्यटन साथै समग्र नगरमा आन्तरिक पर्यटन लगायतमा प्रचुर सम्भावना बोकेको उक्त योजना नगरले गौरवको रुपमा नौलो र आकर्षक योजना अगाडि बढाएकोमा खुशी ब्यक्त गर्दै समग्र नगरको टीमलाई मन्त्री लामाले प्रसंसा सहित धन्यवाद दिंदै प्रदेशले पनि लगानी गर्न बताएका हुन् ।
योजनाको अबलोकनको क्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवं प्रदेश सांसद उत्तम जोशी, खैरहनी नगरपालिका नगर प्रमुख शशी खनियाँ, रत्ननगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, रत्नननगर वडा नं १० का वडा अध्यक्ष कलाधर पौडेल, रत्ननगर वडा नं ३ का वडा अध्यक्ष सोहेन्द्रराज खरेल, रत्ननगर वडा नं १५ का वडा अध्यक्ष आसिक तामाङ, रत्ननगर नगरपालिकाका इन्जिनियर पंकज गिरी, रत्ननगर वडा नं १४ का वडा सदस्य धिरेन घिमिरे लगायतको उपस्थितिरहेको थियो ।