रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ३ बेल्सी कभर्डहलमा आयोजना गरिएको राष्ट्रिय स्तरको व्याडमिन्टनको उपाधि निस्चल खत्री र प्रविन लिङथेपको जोडीले जितेको छ । पूर्वी चितवन स्पोर्टस क्वल बेल्सीले आयोजना गरेको दोसो मेयर कप तथा चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुल्ला ए लेभलको उपाधि रिसोलेट र टीएसीका खत्री र लिङथेपको जोडीले जितेको हो ।
फाइनल खेलमा बलराम क्षेत्री र विवेक न्यौपानेको जोडीलाई पराजित गर्दै उनीहरुले उपाधि रक्षा गरेका हुन् । सो प्रतियोगितामा फाइनल खेलमा उपविजेता बनेको क्षेत्री र न्यौपानेको जोडी दोसो र सुनिल कार्की र महेश खड्का तथा राम मालाठकुरी र साजन थापाको जोडी तेस्रो भएको छ । प्रतियोगितामा उपाधि विजेता जोडीले एक लाख ११ हजार १११, दोस्रो भएको जोडीलाई ५१ हजार १११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरि खेल संयोेजक केवल न्यौपानेले जानकारी दिए ।
खुल्ला वी लेभल तर्फ थम राना र सुमित ठकुरीको जोडी प्रथम, कुल बहादुर जर्गा र सुमन रानाको जोडी द्धितीय, डिप्रिसमणि बज्राचार्य र रमन महर्ज तथा हरि केसी र नन्दु लिम्बुको जोडी तृतीय भएका छन् । उनीहरुलाई प्रथम हुनेलाई ४१ हजार १११, द्वितीय हुने टिमलाई २१ हजार १११ र तृतीय हुने टिमलाई ११ हजार १११ पुरस्कार प्रदान गरिने गरिएको छ । सुपर भेट्रास तर्फ उमेश केसी र सुदिप योन्जनको जोडी प्रथम, प्रेमबहादुर गुरुङ र खेमबहादुर थापाको जोडी द्धितीय र रतन बहादुर गुरुङ र मनोज श्रेष्ठ, पूर्णचन्द्र जोशी र राजु महर्जनको जोडी तृतीय भएका छन् । उक्त प्रतिस्पर्धामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिएको संयोजक न्यौपानेले जानकारी दिए ।
भेट्रास तर्फ संजय कपाली र अनिल थमसुहङको जोडी प्रथम, देव बहादुर गुरुङ र शम्भूकुमार श्रेष्ठको जोडी द्धितीय तथा डोलराज आले र प्रेम गुरुङ, दिपक अजम्बी र राजेन्द्र वाग्लेको जोडी तृतीय भएका थिए । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिएको छ । खुल्ला महिला तर्फ अन्जना राई र नविना राईको जोडी प्रथम, रोजी राई र सृष्टी राईको जोडी द्धितीय तथा दिलासा राना र तिलमाया राना, सोम गुरुङ र मयर इको थापाको जोडी तृतीय भएका थिए ।
उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिएको छ । जनप्रतिनिधि तर्फ राम राई र गोविन्द तामाङको जोडी प्रथम, गणेशलाल श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी द्धितीय तथा कुल प्रसाद सापकोटा र रमेश थापा, दिनेश श्रेष्ठ र धनबहादुर ठकुरीको जोडी तृतीय भएका छन् । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिएको छ ।
६ वटा विधामा भएको उक्त प्रतियोगितामा १९१ टिमको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष राजकुमार पुरीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, वडाध्यक्षहरु सोहेन्द्रराज खरेल, कुलप्रसाद सापकोटाले खेलाडीहरुलाई उपाधि सहित शिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रम क्लवका उपाध्यक्ष राजु भट्टराईले सञ्चालन गरेका थिए ।