
चितवन – फुटसल फ्लेम्सद्वारा आयोजित पहिलो खुल्ला फुटसल प्रतियोगिताको उपाधी एस एस डब्लु केफएले हात पारेको छ ।
आयोजक टिम फुटसल फ्लेक्स संग बराबरिमा सकिएको फाइनल खेलको अन्तिम नतिजाका लागि पेनाल्टी गरिएको थियो । पेनाल्टी सुट आउटबाट एसएस डब्लुले फाइनल उपाधी जितेको हो ।
एस एस डब्लुले जित संगै प्रथम पुरस्कार नगद रु ४० हजार, ट्रफि एवं मेडल प्राप्त गरेको छ भने उप बिजेता बनेको आयोजक टिमले दित्तिय पुरस्कार नगद रु २० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ ।
पौष ०६ गते भरतपुर ०७ गौतमचोक स्थित चितवन फुटसल एण्ड स्पोर्ट्स जोनमा सम्पन्न खेलमा चितवन, हेटौडा र काठमाडौंका गरि २२ टिम सहभागी रहेका थिए ।