
कविकिरण न्यौपाने /टोकियो
यतिवेला नेपाली कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठ लगाएतको टोलि जापान भ्रमण सकेर नेपाल फर्किएका छन्। व्यक्तिगत भ्रमणमा जापान आउनेहरुमा नेपाली कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठ , कास्की जिल्लाका नेपाली काँग्रेसका सचिव भानु ढकाल , चितवन जिल्लाका काँग्रेस प्रबक्ता अनमोल अधिकारी , नेपाली काँग्रेस महासमित सदस्य ऋषि खनाल , भरतपुर महानगर पालिका वर्डा नं. १० का वर्डा सदस्य ऋषि थापा थिए ।जापान भ्रमणका क्रममा उनिहरुले जापानमा नेपाली कांग्रेस निकट जनसम्पर्क समिति , चितवन समाज जापान , जापान स्थित नेपाली राजदूतावास, जापानका स्थानिय निकाय लगाएत संघ – संस्थाहरुमा भेटघाट एवं साक्षात्कार समेत गरेका थिए। जापान भ्रमणका क्रममा चितवनकै स्थानिय एवं युवा नेता जितनारायण श्रेष्ठले रवि लामिछाने संग किन चुनाव हारे भन्ने बारेका चर्चा नचल्ने कुरै भएन।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरे सँगै उनले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरेका थिए ।
तर चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संग कोही टिक्न सकेनन ।आखिर चितवनकै जितनारामण लाई किन पत्याएनन् त चितवनका जनताले ? नेपालमा स्थानिय निर्वाचनको पूर्व सन्ध्यामा जितनारायण श्रेष्ठ भनेका थिए ,काँग्रेसले रुख बाहेक अरुमा भेट हाल्दैन । जति बेला कांग्रेस – माओवादीको गठबन्धनको सरकार थियो। त्यो भनाई समाचार अनि सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो। तर श्रेष्ठले त्यो भनेको केही दिनमा नै भरतपुर महानगर पालिकामा कांग्रेस- माओवादी गठबन्धन भई कांग्रेसले फेरी हँसिया हतौडामा भोट हाल्न परेको थियो। यहि कारण त तपाईले चुनाव हार्नु परेको होईन ?
भन्ने प्रश्नमा जितनारायण भन्छन , यो पनि यौट्टा कारण हो। म माओवादी – कांग्रेस गठबन्धन गर्न हुँदैन र कांग्रेस एक्लै चुनाव लड्न पर्छ भन्ने पक्षमा थिए। तर के गर्ने ? म संग दुई विकल्प पार्टीको निर्णय विपरित बिद्रोह गर्ने र पार्टी केन्दको निर्णय मानेर जाने थिए । श्रेष्ठ भन्छन , म भनेको पार्टीको सिपाही हो । मैले सेनापतिको आदेश पालना गर्नु पर्छ भन्ने लाग्यो र माने । यो मेरो बाध्यता थियो। चितवन बाट कांग्रेसीले रुखमा भोट हाल्न नपाएको वर्षौ भई सकेको थियो। जुन असर आफुलाई पनि पर्यो।आफु चितवन कांग्रेसको सभापति हुदाँ अरु पार्टीबाट वितृष्णा भएका हजारौंलाई कांग्रेसमा प्रवेश गरायौं तर गठवन्धन पछि उनिहरुले पनि पुरानै पार्टीमा भोट हाल्न पर्ने भयो । जस्का कारण त्यस्ता भोटहरु पनि पछि रविलाई नै गयो। श्रेष्ठ भन्छन, विदेशबाट पनि धेरैले आफ्ना अभिभावकहरुलाई एक पटक नयाँ लाई भनेर फोन गरे। परिवारका लागि दुःख गर्न विदेश गएका आफ्ना सन्ततिको कुरा परिवारले नकार्ने कुरै भएन।
उनि भन्छन ,नयाँको नयाँ – नयाँ काण्डले अब जनताले बुझेका छन्। श्रेष्ठका अनुसार हामीले उनिहरुले गरेका स्टण्डबाजी लाई चिर्न सकेनौं। म चितवनको दुर्गम गाउँ शक्तिखोरमा खेलेर हुर्केको मान्छे। मेरो बुवा विसौं वर्ष यहि प्रधानपञ्च हुनुभयो। हामी सबै परिवार कांग्रेसमा होमिएर राजनितीमा लाग्यौं। सानोमा खेल्ने क्रममा मेरो दुबै हात भाँचिदा मलाई सदरमुकामको भरतपुर अस्पताल उपचार गर्न जान ३ दिन लाग्यो। त्यहि सम्झेर बुवाले आफ्नै गाउँमा अस्पतालको लागि आफ्नो व्यक्तिगत १० कठ्ठा जग्गा दिनु भयो। श्रेष्ठ भन्छन, त्यहि आएर अहिले २ पाकेट जिवन जल बाड्ने नै अगाडी छन्।