काठमाडौँ । उच्च अदालत पाटनले एक करोड पचासी लाख जरिवाना गरेपछि फरार रहेका उपेन्द्रप्रसाद ढुङ्गाना पक्राउ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले एक करोड ८५ लाख जरिवाना गरेको थाहापाए पछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मङ्गलबार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।
उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगोबमोजिम रु एक करोड ८५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका ढुङ्गानालाई मङ्गलबार धुम्बाराहीबाट पक्राउ गरिएको ब्युरोकी प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।
पक्राउ परेका ढुङ्गानाले आफ्नो खातामा पर्याप्त मौज्यात नहुँदा नहुँदै प्रभु बैंक लिमिटेड सुकेधाराको खाताको चेक काटेर दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । त्यस लगत्तै उच्च अदालतमा मुद्धा परेका ढुङ्गानालाई अदालतले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका ढुङ्गानालाई फैसला कार्यान्वयनका लागि बुधवारनै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता पन्तले जानकारी दिइन् । रासस











