भारतबाट फर्केकालाई सीधै गाउँ पठाएकामा काँग्रेसको ध्यानाकर्षण
सुर्खेत । प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको रोकथाम कार्यमा कर्णाली प्रदेश सरकारले गम्भीरता नदेखाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले विज्ञप्ति जारी गरी सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेसले भारतबाट फर्केका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनमा राख्नुको साटो मन्त्रीहरुले नै रातारात गाउँ पठाएर जोखिम निम...









