नेपालमा शनिबार १२०४ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४०० नाघ्यो
काठमाडौँ । नेपालमा शनिबार १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शनिबार थप १२०४ सहित ६२ हजार ७९७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।
एकैदिन कोरोना संक्रमण निको भई १४४७ जना डिस्चार्ज भएका छन्...








